arrow

बेलायतको निर्वाचनमा कन्जर्भेटिभलाई बहुमत ? 

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
british-exit-pool.jpg

काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने मत सर्वेक्षणले देखाएको छ । बीबीसी, आईटीभी र स्काइ न्यूजले गरेको मत सर्वेक्षणले कन्जर्भेटिभलाई बहुमत आएको देखाइएको छ । 

मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ।

सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा यो कन्जर्भेटिभका लागि ५० स्थान बढी हो । लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ। यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ।

१४४ मतदान केन्द्रमा झण्डै २३ हजारजनासँग अन्तर्वार्ता गरेर त्यस्तो मत सर्वेक्षण गरिएको थियो। अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ।

बेलायतको इतिहासमा झण्डै एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ