arrow

नेपाली फुटबलका ‘तारा’ नवयुगले के भने ? के गरे ?

नवयुगले नयाँ युग सुरु गरेको वर्ष

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
nawayug-new-pic-cc.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली फुटबलका लागि वर्ष २०७२ फलामको चिउरा चपाएर सुनका बड्कौला निकाल्ने एक स्वर्णिम समय बन्यो । वर्ष २०७२ को सुरुवातमै विनाशकारी भूकम्पको मारमा परेको नेपाली फुटबलले जारी राष्ट्रिय लिग संचालनमा समेत निकै सास्ती व्यहोर्नु पर्यो । 
पछि अधिकांश खेलहरु मोफसलमा गरेर अन्तिम चरणका खेलहरु राजधानीमा भए ।
 
भूकम्पको क्षतिले थुप्रै संकट व्यहोरेको नेपाली फुटबल तंग्रिनै लाग्दा खेल मिलेमतोको काण्ड आइलाग्यो । जुन नेपाल र नेपाली फुटबलका लागि महंगो सावित भयो । प्रशिक्षकसहित पाँच जना मिलेमतोमा प्रक्राउ परे । पक्राउ मात्रै परेनन् । उनीहरु आजीवन प्रतिबन्धमा परे । जसबाट नेपाली फुटबलमा कालो दाग लाग्यो । समर्थक निरास बने । एकातिर अखिल नेपाल फुटबलसंघ भित्रको आन्तिरिक विवाद चर्किरह्यो । अर्कोतिर एन्फा अध्यक्ष भ्रष्टाचारी ठहर भए । जसले नेपाली फुटबललाई झन बद्नामित बनायो । 
 
पछि नयाँ निर्धारण भएको नेपाली राष्ट्रिय टोलीलाई खेल र फुटबलमाथि लागेको दाग मेटाउनु पर्ने र नेपाली फुटबलको साख जोगाउनु पर्ने कठिन चुनौती आयो । जुन फलामको चिउरा चपाउनु जस्तै थियो । कठिन अवस्थामा नेपाल ११औं साफ च्याम्पियनसिपमा सहभागि भयो । अपेक्षित नतिजा भने आएन । पछि, नेपाल बंगलादेशमा भएको बंगबन्धु गोल्डकपबाट पूर्ण रुपमा लयमा फर्कियो । जसमा इतिहास रच्दै उपाधि दिलायो । 
 
त्यति मात्र नभई १२औं दक्षिण एसियाली खेलकुद सागमा समेत नेपालले स्वर्ण जित्यो । यो नेपालका लागि महत्वपूर्ण उपाधि थियो । त्यति मात्र नभई फाइनलमा भारतलाई घरेलु मैदानमै हराएर अर्को इतिहास समेत रच्यो । नेपाली फुटबलले फलामको चिउरा चपाएर सुनका बड्कौला निकाल्यो भन्दा फरक पर्दैन । वर्ष २०७२ नेपाली फुटबलका लागि कालो र सेतो दुवै रहयो । यद्यपि, समग्रमा नेपाली फुटबलका लागि वर्ष २०७२ सुखद् नै रहयो । 
 
नेपाली फुटबलको सुखद् र सुनौलो वर्षसंग जोडिए इलाम मंगलबारेका नवयुग श्रेष्ठ । नवयुग नेपाली फुटबलमा अवतारका रुपमा देखिए । वर्ष २०७२ मा नेपाली फुटबलले नवयुग पायो भने, नवयुगले नेपाली फुटबलको नयाँ युगको सुरुवात गरिदिए । उनले एकै वर्ष नेपाललाई दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि मात्रै दिलाएनन् । राष्ट्रिय टोलीका लागि तेस्रो ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाए । नवयुगको प्रर्दशन नेपाली फुटबलका लागि मात्र नभई विश्वमा नेपालको शिर उच्च राख्ने जादुको छडी बन्यो । 
 
नवयुगले राष्ट्रिय टोलीका लागि ५ खेलमा ३ ह्याट्रिक सहित ११ गोल गरे । नेपाली फुटबलमा गोल खडेरी परीरहेकै बेला नवगुगले गोल खडेरीलाई मात्रै चिरेनन् । उपाधि खडेरीमा समेत पूर्णविराम लगाइदिए । जसले उनलको व्यक्तिव्य विकासमा समेत निकै सफलता हात लाग्यो । अमल्दार रहेका उनी एकै महिनामा दुई तह बढुवा भए । आर्मीको हवल्दार बनेको एक महिना नवित्दै नवयुग जमदारमा बढुवा भए । नेपाल आर्मीबाट व्यवसायिक फुटबल खेल्ने नवयुग नेपालको स्टार स्ट्राइकर बनेका छन् । 
 

नेपाली फुटबलको सफलताबारे नवयुग, नवयुगबारे समाचार

साग जितर नेपाल फर्किएपछि नवयुगले हाम्राकुरासंग एन्फा कम्प्लेक्स गरेको कुराकानी : 

 

यी पनि नछुटाउनुस् !

‘सागमा स्वर्ण जित्नै गएका हौं’ : नवयुग (भिडियो अन्तर्वार्ता) 

नेपाली फुटबलका तारा नवयुग भन्छन्, ‘फाइनल जितेर फेरि खुसी ल्याउँछौं ’ 

फाइनल जितेर नेपालीलाई खुसी दिलाउँछौ : नवयुग श्रेष्ठ (बाल्यकालसहित) 

‘४ गोल’ नेपाली फुटबल सफलताको संयोग (१९८४ देखि २०१६ सम्म) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ