arrow

सामसुङले छाड्दा यसरी सुक्दै चिनियाँ एक शहर

सामसुङ उद्योगमा निर्भर रहेका करिब ६०% अरु व्यवसायहरु बन्द

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
samsung-company.jpg

एजेन्सी। फोन निर्माता कम्पनी सामसुङले चीनको उत्तरमा अवस्थित हुईझोउ शहरबाट आफ्नो तीन दशक पुरानो फ्याक्ट्रीलाई भारत र भियतनाम सारेपछि उक्त शहरको आर्थिक गतिबिधि सुक्दै गएको छ। शहर नै खण्डहरमा परिवर्तन हुने हो की भन्ने त्रास त्यहाँका स्थानीयको मनमा छाएको छ।

अमेरिकासँगको व्यापारिक युद्ध पछि सामसुङले आफ्नो फ्याक्ट्री भारतको नोयडामा सारेको छ। उक्त कम्पनीले भारतबाट मात्र बार्षिक ६ करोड ८० लाख युनिट फोन बनाउने छ भने सन् २०२०सम्म १२ करोड युनिट फोन बनाउने छ।

अमेरिकासँगको व्यापार युद्ध पछि चीनको औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव पर्न शुरु गरेको हङकङस्थित साउथ चाईना मर्निङ पोष्टले जनाएको छ।

सामसुङका धेरै कर्मचारीहरुले सामाजिक संजालमा आफुले पाएको नयाँ फोन र घडीको फोटो हालेर आफुलाई शहर छाड्न मन नभएको बताएका छन्। त्यही फोन र घडी उपदानका रुपमा पाएको उनीहरुले सामाजिक संजालमा फोटो सहित लेखेको पोष्टले जनाएको छ।

सामसुङ उद्योगमा निर्भर रहेका करिब ६०% अरु व्यवसायहरु बन्द भएका छन्। थप अरु व्यवसाय पनि बन्द हुने क्रममा रहेको जनाईएको छ। सरकारले पहलकदमी नलिएको खण्डमा स्थिति भयावह हुने बताइएको छ।

‘सामसुङ विश्वको ठूलो कम्पनी हो जस्ले अरु व्यवसायहरुलाई पनि भरथेग गरेको थियो। विगत २० बर्ष उद्योगमा निर्भर रहेका अरु कम्पनीहरु जस्ले सामसुङलाई कच्चा पदार्थ लगायत अरु सामग्रीहरु सप्लाई गर्ने गरेका थिए। ग्वाङझो र निकट प्रदेशका व्यवसायहरु पनि सामसुङमा निर्भर रहेका थिए।‘ लिउ काईमिङ, चीनका सयौं उद्योगहरुको सुपरिवेक्षण गर्ने संस्थाका प्रमुखले बताएका छन्।

‘करिब १०० उद्योगहरु बन्द हुने स्थितीमा रहेका छन्। सामसुङमा निर्भर रहेका उद्योगहरु आफै संचालन हुनसक्ने स्थिती छैन।‘ लिउले बताए।

त्यसैगरि थुप्रैको संख्यामा रेष्ट्राँ र खाद्यान्न पसलहरु पनि बन्द हुने क्रममा रहेका छन्। त्यसैगरी हुईझोउ शहर भन्दा करिब सय किलोमिटर पर रहेको रोबोट निर्माता कम्पनीले पनि आफ्नो काम गर्ने समयमा कटौती गरेको छ। उक्त कम्पनीमा हजारौं मानिस काम गर्छन्।

स्थानीयको क्रय क्षमतामा उल्लेख्य ह्रास आएको स्थानीय खाद्यान्न ब्यापारी लि हुवाले पोष्टलाई जनाएका छन्। उनका अनुसार गत सेप्टेम्वर महिनादेखि करिब ८०% ब्यापार घटिसकेको छ।

उक्त शहरमा औषधि पसल, खाद्यन्न पसल, रेस्ट्रां, भाडाका गाडी, सुपरमार्केट, ईन्टरनेट क्याफे आदीलाई प्रत्यक्ष प्रभाव परेको छ। सबै व्यवसायहरु सामसुङका कर्मचारीहरुमा निर्भर रहेका थिए।

सन् १९९२मा सामसुङले स्थानीय सरकारसँगको साझेदारीमा उक्त उद्योग शुरु गरेको थियो। उक्त कम्पनीले क्यासेट प्लेयर, एमपिथ्री प्लेयर लगायतका सामानहरु सन् २००३सम्म बनाउने गरेको थियो भने २००७ देखि स्मार्टफोन पनि निर्माण शुरु गरेको थियो।

सामसुङ कम्पनी बन्द भएपछि हुफझोउ भन्सार करमा २७% ले कमी आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ