arrow

विश्वको सबैभन्दा चिसो शहर : जहाँ डिसेम्बरदेखि जनवरीसम्म हुदैन सूर्योदय, यसरी बस्छन् मानिसहरु

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
Norilsk-city-snow.jpg

काठमाडौं । विश्वमा केही स्थानहरु तातो र केही स्थानहरु चिसो छन् । धेरै स्थानमा मौसमअनुसार कहिले तातो र कहिले चिसो हुने गर्छ । विश्वको सबैभन्दा चिसो सहरका रुपमा परिचित यो शहरको नाम हो नोरिल्स्क ।

यो शहरमा वर्षको ३ सय ६५ दिनमा २ सय ७० दिन हिँउ जम्ने गर्छ । रुसको राजधानी सहर मस्कोबाट यो शहर करिब २ हजार ९ सय किलोमिटरको दूरीमा छ ।

यो शहरमा केवल विमान वा डुङ्गाको प्रयोग गरेर जान सकिन्छ । यो शहरको तापमान अधिकतम माइनस १० देखि न्यूनतम माइनस ६१ डिग्री रहने गरेको छ। यो सहरको आवादी भने १ लाख ७५ हजार छ। यहाँ डिसेम्बरदेखि जनवरीसम्म सूर्योदय नै हुँदैन ।

यो शहर निकै चिसो हुँदाहुँदै पनि प्रदूषणमुक्त भने छैन । माइनिङ रिफाइनिङको कारण यो शहर प्रदूषित बन्न पुगेको छ । वातावरणमा फैलिएको सल्फर डाइअक्सइडको कारण करिब ३० किलोमिटर वरपरका सबै रुख विरुवाहरु लोप भएका छन् ।

एक प्रतिवेदनअनुसार नोरिल्स्कमा विश्वको सबैभन्दा ठूलो निकेल, प्लाटिनम र प्लेडियमको भण्डार छ । २८ ग्राम प्लेडियमको मूल्य करिब एक हजार डलर रहेको छ ।

सधैजसो कठ्याङ्रिने जाडोमा खुम्चिने रुसीहरु मौसम सामान्य हुँदासाथ सनबाथ लिन मन पराउँछन् । घाम लाग्दा पनि यस ठाउँमा माइनस १० डिग्रीको आसपासमा तामक्रम रहने गर्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ