arrow

मलाइकासँग सम्बन्धविच्छेदपछि डेटमा अरबाज

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
malaika-arbaj.jpg

काठमाडौं । भारतीय अभिनेता अरबाज खान र मलाइका आरोडाबीच सम्बन्धविच्छेद भएको २ वर्ष बितिसकेको छ । अरबाज र मलाइकाले सन् २०१७ मा आफ्नो १८ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका थिए ।

अरबाज आफ्नो गर्लफ्रेन्ड जर्जियाना एन्ड्रियानीसँगको सम्बन्धको कारण चर्चामा छन् भने मलाइका र अर्जुन विवाहको समाचारले छाएका छन् । मलाइका अरोडा र अर्जुन कपूर एक अर्कासँग समय बिताउन मन पराउँछन्। यी दुई प्रायः एकसाथ भोजमा,  कहिले रेस्टुरेन्ट भित्र देखिन्छन्। मलाइको समुन्द्रको किनारामा विवाह गर्ने रहर छ  जसमा सम्पूर्ण सेट सेतो हुनेछ । उनी विवाहमा सबै सेतो रंगमा सजिन चहान्छिन् ।

हालै अरबाजले पनि आफ्नो दोस्रो विवाहको बारेमा पनि कुरा गरेका छन्। अरबाज मोडेल जर्जिया एन्ड्रेनीसँग डेटमा छन्। ई टाइम्सलाई दिएको एक अन्तर्वार्तामा अरबाजले भनेका छन्, 'मलाई लाग्दैन कि हामी डेट गरिरहेका छौं त्यसकारण विवाह गर्नुपर्छ। हामी यसलाई अघि बढाउन चाहन्छौं। यदि तपाईं मलाई सोध्नुहुन्छ म यस सम्बन्धमा खुसी छु भनेर ?, त्यसो हो भने म खुशी छू र म जर्जिया एन्ड्रेनीलाई डेट गर्दैछु। '

'म यो स्वीकार्न सक्छु। यो मैले अस्वीकार गर्नु मूर्ख कुरा हो। जहाँसम्म मेरो विवाहको सवाल छ, जब हुनेछ, तपाईंलाई आमन्त्रित गरिनेछ वा म घोषणा गर्नेछु। मलाई लाग्छ मान्छेहरुले के हुँदैछ भनेर जान्न हतार गर्नु हुँदैन।'

अरबाज दाजु सलमान खानको चलचित्र 'दबंग ३' मा देखिदैछन् । फिल्म प्रभुदेवाले निर्देशित गरेका हुन्। यो फिल्ममा अरबाज खान बटरचन्द पाण्डेको भूमिकामा देखा पर्नेछ। फिल्ममा सोनाक्षी र साई मांजरेकर मुख्य नायिका हुन्। फिल्ममा दक्षिण कलाकार किचा सुदीप खलनायकको भूमिकामा देखा पर्नेछन्। फिल्म २० डिसेम्बरमा रिलीज हुनेछ।

 ४५ वर्षीय मलाइकाले अरबाज खानसँग विवाह गरेकी थिइन् । मलाइका र अरबाजको १६ वर्षीय छोरा अरहान पनि छन् । हालै मलाइकाले छोरा अरहानसँग एक तस्वीर शेयर गरेकी थिइन् जुन धेरै चर्चामा रह्यो । तस्विरलाई शेयर गर्दै मलाइकाले लेखेकी थिइन् - 'जब छोरा यति राम्रो बनेर आमाको ख्याल राख्छ ।' यसअघि अरहान मलाइकाको बर्थडे पार्टीमा पनि देखिएको थियो। विशेष कुरा यो हो कि यस पार्टीमा अर्जुन कपूर पनि थिए।

जन्मदिन मनाएको तस्वीरहरू मलाइका र करीना कपूरले इन्स्टाग्राम स्टोरीमा शेयर गरेका थिए। मलाइकाले पार्टीमा एक सिल्भर रंगको बानपिस लगाएकी थिइन् । त्यस्तै करीना र अमृता अरोडाले पनि पश्चिमी पोशाकमा देखिएका थिए । मलाइकाको जन्मदिन मनाउन धेरै स्टारहरू पुगेका थिए ।

स्टारहरु करण जोहर, शनाया कपूर, जाह्नवी कपूर, अनन्या पाण्डे, करिश्मा कपूर, अर्जुन रामपाल, अक्षय कुमार, ट्विकल खन्ना, शिल्पा शेट्टी, राज कुन्द्रा, राजकुमार राव र तारा सुतारिया शामिल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ