arrow

भारतीय संसदले २० बैठकबाट १५ विधेयक पारित

logo
एएनआई,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
parliament-india.JPG

नयाँ दिल्ली। भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन्। अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिए। 

पत्रकारहरुसँग कुराकानी गर्दै उनले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताए। राज्य सभाले भने १५ विधेयक पारित गरेको उनको भनाई छ। 

संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ