arrow

गार्मेन्टलाई अमेरिका निर्यातमा भन्सार छुट गराउन सरकारले पहल गर्छ: प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
kp ili.jpg.jpeg
काठमाण्डौ । प्रधानमन्त्री के.पी.शर्मा ओलीले गार्मेन्टलाई अमेरिका निर्यातका लागि  भन्सार छुट गराउन सरकारले पहल गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६५ औं बार्षिक साधारणसभाको आज राजधानीमा  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गार्मेन्टको उत्पादन बढाउन व्यावसयीहरुलाई आग्रह गरे ।‘अमेरीकाले ६६ वटा बस्तुमा कोटा छुट गरिदिएको छ । त्यसमा गार्मेन्ट परेनछ’ प्रधानमन्त्री ओलीले भने ‘तपांइहरु गार्मेन्टको उत्पादन बढाउनुहोस भन्सार छुटको पहल सरकारले गर्छ ।’
 
 औद्योगिक र व्यावसयीक  सुरक्षाप्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय उत्पादनसंग प्रतिष्पर्धा गर्न व्याशायीहरुलाई आग्रह गरे । सरकार आगामी आर्थिक बर्षको नीति र कार्यक्रम तयारीको तयारीमा रहेकोले व्यावसयीहरुका तर्फबाट पनि देशलाई समृद्ध बनाउने योजना प्रस्ताव गर्न प्रधनमन्त्रीको  आग्रह थियो । ‘औद्योगिक र व्यावसयीक हितका कार्यक्रमहरु प्रस्ताव गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने ‘देशलाई समृद्ध बनउने त्यस्त कार्यक्रम समेट्न सरकार तयार छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ