arrow

सहिद स्मारक ए डिभिजन लिग सुरु, मच्छिन्द्र क्लबको विजयी सुरुवात

logo
प्रकाशित २०७६ मंसिर २८ शनिबार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल शनिबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० गोल अन्तरले हराएर विजयी सुरुवात गरेको हो । 

मच्छिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे । मच्छिन्द्रमा आधा दर्जन खेलाडी राष्ट्रिय टिमका थिए । बीबीसी युवा खेलाडीले भरिएको छ । 

गत सिजन दोस्रो स्थानमा रहेर एक अंक घटुवामा परेको मछिन्द्रले पहिलो खेलमा ३ अंक जोडे पनि दुई अंक भएको छ । 

सोमबार दुई खेल हुनेछन् । दिउँसो १२ः३० बजे दशरथ रंगशालामा संकटा क्लब र च्यासल युथ क्लब र १ बजे त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब एन्फा कम्प्लेक्समा खेल्नेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ