arrow

कलम चोर्दा यति ठूलो रीस ? १० वर्षे बालिकाले मारिन् १३ वर्षेलाई 

logo
प्रकाशित २०७६ मंसिर २८ शनिबार
chaksu_1576302214.jpg

काठमाडौं । लेख्ने कलम चोर्दा ज्यान जाला भन्ने सम्भवतः ८ कक्षामा पढ्ने १३ वर्षीया बालिकाले कहिल्यै सोचेकी पनि थिइनन् होला । 

भयो त्यस्तै । स्कुलमा कलम चोरी गरेको विषयमा दुई छात्राबीच विवाद हुँदा १० वर्षीया बालिकाले आफ्नो घरमा आएकी छिमेकी १३ वर्षीया साथीलाई फलामको रडले हानेर मारिन् । 

उनले १९ पटक टाउकोमा हिर्काएकी थिइन् । घटना हो भारतको जयपुरको । शनिबार जयपुर पुलिसले घटना समाधान गर्ने दावी गरेको छ । 

बालिका मारेपछि छात्राको शवलाई आरोपीले तहखानामा लुकाएकी थिइन् । फेरि उनले आफ्नी आमालाई बताएपछि दुवै मिलेर शवलाई पोखरीमा फ्याँकेका थिए ।  

प्रहरीले आरोपी छात्रा र उनकी आमालाई पक्राउ गरेको छ । गत बुधबार चाकसु गाउँकी ती १३ वर्षे छात्रा बेपत्ता भएकी थिइन् । अर्को दिन बिहान घरबाट ५०० मिटर टाढा झाडीमा शव भेटिएको थियो । 

आरोपी छात्राको घर जाने बताएर हिँडेकीले आरोपीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रहरीले आरोपी छात्राको घरबाट मृतकको कानको फुली भेटेको थियो । 

सोधपुछका क्रममा बालिकाले अपराध स्वीकारेकी छिन् । आरोपीकी आमाले पोखरीमा शाव फालेकामा उनका बाबुले शव निकालेर झाडीमा फालेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ