arrow

बराबरीमै रोकियो बार्सिलोना

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
barcelona29.jpg

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना ला लिगा फुटबलमा बराबरीमै रोकिएको छ । यो बराबरीले दोस्रो स्थानको रियाल मड्रिड अगाडि जाने पक्का छ । 

शनिबार रातिको खेलमा रियाल सोसिडाडसंग २–२ गोलको बराबरीमा रोकिए पछि बार्सिलोनालाई २ अंकको नोक्सानी भएको हो । 

२–१ को अग्रतालाई जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो । एन्टोइने ग्रेजम्यान र लुइस सुवारेजले गोल गरेका थिए । 

मिकेल र आइसकले सोसिडाडका लागि गोल गरेका थिए । 
अन्य खेलको नतिजा
डेपोर्टिभो एलाभेस १–१ लेगानेस
ग्रानाडा १–२ लेभान्ते 
एथलेटिक बिलबाओ ०–० आइबार
एथलेटिको मड्रिड २–० ओसासुना

अंक तालिका
१६ खेलबाट बार्सिलोनाको ३५ अंक । १५ खेलबाट रियाल मड्रिडको ३४ अंक । सेभिया ३१ अंक । एथलेटिको मड्रिड २९, रियाल सोसिडाड २८ अंक, गेटाफे र बिलबाओ २७ अंक ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ