arrow
ADVERTISEMENT

अस्पतालमा हुलदङ्गा गरेपछि प्रधानमन्त्री खानका भतिजको खोजी

logo
एएफपी,
प्रकाशित २०७६ मंसिर २९ आइतबार
hassan-ziazi-nephew-PM-Khan.jpg

लाहोर। पाकिस्तानको प्रहरीले प्रधानमन्त्री इमरान खानका भतिजको घरमा शनिबार खोजतलास गरेको छ। एक दिन पहिले लाहोरको एक अस्पतालमा भएको हुलदङ्गाको भनिएको भिडियामा प्रधानमन्त्रीका भतिज देखिएपछि प्रहरीले लाहोरमा खानतलासी गरेको हो। खानतलासीको समयमा हसन नाइजी घरमा भने नभएको बताइएको छ।

चिकित्सकहरूसँगको विवादपछि करिब २०० वकीलहरूको सहभागितामा ‘पञ्जाब हार्ट इन्स्टिच्युट हस्पिटल’ मा बुधबार भएको आन्दोलनमा वकील पेशा भएका खानका भतिज नाइजीको पनि सहभागिता भएको शुक्रबार सार्वजनिक भिडियोमा देखिएको थियो। 

प्राप्त समाचार अनुसार वकीलहरूको आन्दोलनमा नाइजीको सम्लग्नता रहेको भएपनि आन्दोलनले हिंसात्मक रूप लिएपछि उहाँ उक्त भीडबाट पछि हटेका सञ्चारमाध्यमहरूले जनाएका छन्।

नाइजीले वकीलहरूको शान्तिपूर्ण आन्दोलनमा आफ्नो समर्थन दर्शाउन अस्पताल परिसरमा पुगेको स्वीर्काएका छन्। तर उनले उक्त आन्दोलनको भावना विपरीत हिंसात्मक रूप लिएको भन्दै यसमा सहभागी भएकोमा आत्मआलोचना गरेका छन्।

घटनामा प्रदर्शनकारीले अस्पतालका सामान तोडफोड गर्नुका साथै प्रहरीको सवारी साधनमा समेत आगो लगाइदिएका थिए। प्रहरीले शनिबार प्रधानमन्त्रीका भतिजको घरसहित विभिन्न पाँच स्थललाई खोजतलास गरेको थियो।

खोजतलासबारे प्रहरीले पुष्टि गर्दै भनेको छ, “घटनामा सम्लग्न जोकोही पनि पक्राउ पर्ने र अनुसन्धान हुनेछन्। अनुसन्धानमा निर्दोष भेटिएमा उनीहरूलाई छिट्टै छोडिनेछ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ