arrow

सलमान खानको घर बमले उडाउने धम्की पछि केके भए ?

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
salman-khan3.jpg

काठमाडौं । शनिबार बलिउड अभिनेता सलमान खानको घरलाई बमले उडाउने धम्की दिइएको समाचारहरु आए । गाजियाबादका १६ बर्षिय युवाले मुम्बई प्रहरीलाई एक ईमेल पठाएर सलमान खानको घर बमले उडाउने धम्की दिएका थिए। सो ईमेल पाएसँगै प्रहरीले आफ्नो कार्यलाई अगाडि बढायो ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित एउटा रिपोर्टका अनुसार सो ईमेल ४ डिसेम्बरमा गाजियाबादबाट बांद्रा प्रहरीलाई पठाइएको थियो। सो ईमेलमा युवकले भनेका थिए - अबको दुई घण्टामा सलमान खानको बान्द्रामा ग्यालक्सीमा विस्फोट हुनेछ, रोक्न सक्छौ भने रोक।" सो ईमेलको सूचना पाउने बित्तिकै प्रहरी सक्रिय भयो ।

सलमान खान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा क्षेत्रको ग्यालक्सी अपार्टमेन्टमा बस्छन्। यस्तो अवस्थामा बम डिटेक्टर र डिस्पोजल स्क्वाडसहित प्रहरी सलमानको घरमा पुग्यो। यद्यपि त्यसबेला सलमान खान घरमा थिएनन् , जसकारण प्रहरीले सलीम खान, आमा सल्मा र बहिनी अर्पितालाई सुरक्षित ठाउँमा लगेर सम्पूर्ण घरमा खोजतलासी गरे। खोजीपछि पनि प्रहरीले कुनै बम फेला पारेन।

अर्कोतर्फ, प्रविधिको सहयोगमा प्रहरीले सो ईमेल पठाउने व्यक्तिलाई फेला पारे। जसपछि ईमेल गाजियाबादमा बस्ने १६ बर्षिय युवकले पठाएको पत्ता लाग्यो। स्थान पत्ता लाग्ने बित्तिकै, प्रहरी टोली गाजियाबादको युवकको घरमा पुगे। तर युवक घरमा थिएनन्।

आरोपी युवकको घरमा पुगेको प्रहरीले सम्पूर्ण कुरा उनको जेठो दाइलाई सुनाए र युवकलाई घरमा बोलाइयो। त्यसपछि प्रहरीले युवकलाई वान्द्रा प्रहरी स्टेशनमा उपस्थित हुन सूचना दियो। यससँगै युवकबिरूद्ध गैरसंज्ञेय अपराधको मुद्दा पनि  बनाइयो । साथै युवकलाई जुवेनाइल अदालतमा हाजिर गरियो । तर अदालतमा युवकले अनजानमा भुल गरेको भन्दै माफि मागेपछि युकलाई सफाइ दियो ।

सलमान खान आगामी अर्को फिल्म दबंग ३ हो। यस बाहेक, सलमान खान बिग बोस १३ मा पनि आफ्नो स्क्रीन शेयर गरेका छन् । महत्त्वपूर्ण कुरा त, सलमान खानको अर्को फिल्म 'राधे- योर मोस्ट वांटेड भाई' हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ