arrow

वीर अस्पताल अस्तब्यस्त, करोडौका उपकरण नचलाई थन्किए

कर्मचारी भर्नामा समेत आर्थिक अनियमिताको आशंकामा छानबिन

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
NAMS-bir-hospital.jpg

काठमाडौ ।  चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान विर अस्पतालमा सेवा आयोग नबनाइ आफू खुसी ठुलो संख्यामा कर्मचारी भर्ना गरिएको खुलेको छ । २५ भन्दा बढीलाई चोर बाटोबाट भर्ना गरिए पनि बिभिन्न निकायमा उजुरी परेपछि नियुक्ति नदिइ काममा लगाइरहेको बताइएको छ ।

प्रक्रिया नपुर्याइ वीर अस्पतालमा कर्मचारीहरू भर्ना गर्दा रकम लिएको तथा आफन्तलाई भर्ना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सर्तकता केन्द्र समेत उजुरी परेपछि अनुसन्धान जारी रहेको छ ।   

न्याम्स पदाधिकारीहरूलाई सेवा आयोग गठन गरी निश्पक्ष तवरले कर्मचारी भर्ना गर्ने आग्रह गर्दा पनि कुनै सुनुवाई नगरी असोज मा ११ मा निर्देशक डा केदार सेन्चुरी, रेक्टर डा सुवोध अधिकारी र उपकुलपति डा डि एन शाह को मिलेमतोमा २५ जना स्टाफ नर्स राखेको आरोप कर्मचारीहरुले नै लगाउदै आएका छन् । कतिपय कर्मचारीहरुले यसरी कर्मचारी भर्ना गर्दा आथिक अनियमिता भएको समेत अख्तियार र सतर्कता केन्द्रमा दिएको उजुरीमा बनाइएको छ ।

बिरोधमा अस्पताल कर्मचारीहरूले प्रधानमन्त्री कार्यालय, राष्ट्रीय सर्तकता केन्द्र ,अक्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी दर्ता गराए पछी भने सो बाट बच्न नर्सलाई नियुक्ति नदिई काम लगाई रहदाँ, ति नर्सबाट बिरामीमा केही तल माथि भएमा जिम्बेवार को हुने भन्ने प्रश्न उठेको बताइएको छ ।

जाईकाले बनाएको ९९ बेडको भवन पनि कमिसन नपाउदाँ खाली राखिएको गम्भिर आरोप पनि पदाधिकारीहरुलाई लगाइएको छ ।  ४४ करोडमा किनिएको टेमोथेरापि र ४० करोडमा किनिएको न्युरो सिटी पनि  पहिलेका पदाधिकारीले किनेर कमिसन खाए हामी किन संचालन गर्ने भन्दै थन्काइरहेको एक कर्मचारीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ