राष्ट्रिय तेक्वान्दो संघको विवाद छताछुल्ल, खेलाडी र प्रशिक्षक नेतृत्वप्रति आक्रोसित
प्रकाशित २०७६ मंसिर २९ आइतबार
534
Shares
ललितपुर । राष्ट्रिय तेक्वान्दो संघ भित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । संघका ललीतपुर जिल्ला संघका अध्यक्ष सागरभक्त अमात्यलाई कार्वाहीको घोषणा गरेपछि यो विवाद छताछुल्ल भएको हो । यस अघि अमात्यले संघ नेतृत्वको विरुद्धमा सामाजीक सञ्जालमै आफ्नो धारणा राखेका थिए ।
८ वर्ष अघि गठन भएको नेपाल तेक्वान्दो युनियनपछि राष्ट्रिय तेक्वान्दो प्रकृयामा सहभागिता जनाउन नपाएपछि यसले संघ भित्र नेृतत्व प्रति आक्रोस बढेको हो । संघ अध्यक्ष शिव कोइराला व्यक्तिगत लाभमा मात्र केन्द्रित भएको आवद्ध खेलाडी र प्रशिक्षकहरुले आरोप लगाएका छन् ।
सो संघ निकट खेलाडी तथा प्रशिक्षकले कोइरालाले आफ्नो राजनैतीक हैसियत धेरै भएको तथा यस संघले नेपाल तेक्वान्दो संघ सरह मान्यता पाउने वताएका थिए । कोइरालाले आफूलाई खेलकुद परिषद्को सदस्य सचिवको दावेदारको रुपमा प्रस्तुत गरे पनि गत सागमा प्रचार प्रसार शाखाको जिम्मेवारी सम्हाले पछि उनले दावी गर्ने जत्तिको राजनैतीक हैसियत नभएको तथा यस संघक आवद्ध खेलाडीको भविष्य समेत अन्योलमा परेको महसुश गरेका हुन् ।