arrow
ADVERTISEMENT

मोदीले भने – नागरिकता बिल एक हजार प्रतिशत सही

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
modi15.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता बिल एक हजार प्रतिशत सही भएको बताएका छन् । राँचीको दुमकामा भारतीय जनता पार्टीका प्रत्यासी लुइस मरान्डीको समर्थनमा चुनावी सभालाई सम्वोधन गर्दै मोदीले नागरिकता बिलको विरोध देशको विरोधी हो । 

केही दिनदेखि नागरिकता बिललाई लिएर हिंसा मच्चिइरहेको अवस्थामा मोदीले उक्त कुरा बताउका हुन् । उनले झामुमो र कांग्रेस आफ्नो परिवारको चिन्ता गर्दै झोली भरिरहेको आरोप लगाउँदै भने, ‘कांग्रेसलाई एउटै कुरा थाहा छ जहाँ मौका मिल्छ त्यहाँ भाजपाको विरोध गर्नु, मोदीलाई गाली गर्नु, यिनीहरु यही गरिरहेका छन् । भाजपाको विरोध गर्दागर्दा यिनीहरुलाई देशको विरोध गर्ने आदत भइसकेको छ ।’

मोदीले भने, तपाईले समाचारमा देख्नुभएको होला कि संसदमा नागरिकता कानुनमा परिवर्तन गरेका छौं । पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा अन्य धर्मका मानिसमाथि अत्याचार भयो, बहिनी–छोरीको इज्जत जोगाउन मुस्किल भयो । यी तीन देशका हिन्दू, ईशाई, बौद्ध, जैन र पारसीलाई यहाँ शरणार्थीको जीवन जिउनु पर्यो । यिनीहरुको जीवन सुधार गर्न संसदका दुवै सदनमा भारी बहुमतले नागरिकता बिला पास गरियो । कांग्रेस र उसका साथीहरु हल्ला चच्याइरहेका छन् । उनीहरुको कुरा चलेन भने आगजनी गरेका छन् । टिभीमा देखिएको छ कि आगो लगाउने को हुन् उनीहरुको कपडाबाट पत्तो लाग्छ ।’

नागरिकता कानुनको विरोधको क्रम दिल्लीसम्म पुगेको छ । त्यहाँ बसमा आगो लगाइएको छ । आइतबार आन्दोलनकारीले तीन बस र केही गाडी जलाएका छन् । 

त्यसपछि प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार गरेको छ । उपद्रो मच्याउनेहरुलाई पक्राउ गर्न प्रहरीले जामिया विश्वविद्यालयमा पसेर गेट बन्द गरिदिएको छ । उक्त घटनाको विरोधमा विद्यार्थीले प्रहरी मुख्यालयमा गएर प्रदर्शन गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ