arrow

भारत १४ वर्षपछि घरमा पहिलो पटक लगातार चार खेलमा पराजित 

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
india-wi.jpg

काठमाडौं । भारत १४ वर्षपछि पहिलो पटक घरमा लगातार चार एक दिवसीय क्रिकेटमाखेलमा पराजित भएको छ ।

वेष्ट इन्डिजसंग आइतबार राति चेन्नाईमा भएको खेलमा ८ विकेटले पराजित भएपछि भारत लगातार चार एक दिवसीय खेलमा पराजित भएको हो । 

यसअघि गत मार्चमा भारतले घरेलु मैदानमा लगातार तीन खेल हारेको थियो । १४ वर्षअघि भारतले घरेलु मदानमा सन् २००५ मा लगातार चार खेल हारेको थियो । 

चेन्नाईमा ८ विकेटको हार भारतको वेष्ट इन्डिजसंग १० वर्षपछि पहिलो पटक हो । 
खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको नोक्सानीमा २८७ रन बनायो । रिसभ पन्तले ७१ तथा श्रेयस ऐयरले ७० रन बनाए । 

सेल्ड्रन कोट्रेल, किमो पल र अल्जारी जोसेफले २–२ विकेट लिए । जवाफमा वेष्ट इन्डिजले ४७.५ ओभरमा २ विकेटको नोक्सानीमा जित निकाल्यो । 

शिम्रोन हेटमायरले १०६ बलमा १३९ रन बनाए । शाइ होपले नटआउट १०२ रन बनाए । होप र हेटमायरबीच २१८ रनको साझेदारी भएको थियो दोस्रो विकेटका लागि । 

जितपछि वेष्ट इन्डिजले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल १८ डिसेम्बरमा विशाखापट्नममा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ