arrow

मौरिन्हो आएपछि टोटनह्यामको नाटकीय जित

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
maurinho1.jpg

काठमाडौं । इंगलिश प्रियिमर लिग फुटबलमा जोजे मौरिन्होले टिम सम्हालेपछि टोटनह्याम हट्सपरले अपत्याशित र नाटकीय जित निकाल्न सुरु गरिसकेको छ । 

आइतबार राति भएको खेलमा टोटनह्यामले उल्भरह्याम्पटन वान्डेरर्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । ईन्जुरी समयमा गोल गर्दै टोटनह्यामले जित निकालेको हो ।

जन वर्थोन्घेनले गोल गरेसंगै टोटनह्यामले तीन अंक पायो । टोटनह्यामका अध्यक्षले मौरिन्हो आएपछि टोटनह्याम आएपछि उपाधि जित्न सक्ने दावी गरिरहँदा यसै गरी नतिजा ल्याउने हो भने उपाधि जित्न के बेर । 

अन्य खेलको नतिजा 
लिगका अन्य खेलमा पनि अप्रत्याशित नतिजा आएको छ र म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा एभर्टनसंग १–१ गोलको बराबरी खेल्यो । 

अर्को खेलमा आर्सनलले घरेलु मैदानमा म्यान्चेस्टर सिटीसंग पराजित भयो । सिटी ३–० गोल अन्तरले विजयी भयो । 

अंक तालिका 
लिभरपुल १७ खेलबाट ४९ अंकसहित पहिलो, लेस्टर सिटी ३९ अंकसहित दोस्रो, म्यान्चेस्टर सिटी ३५ अंकसहित तेस्रो, चेल्सी २९ अंकसहित चौथो स्थानमा र २६ अंकसहित टोटनह्याम पाँचौं स्थानम छ । म्यान्चेस्टर युनाइटेडको २५ र आर्सनलको २२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ