arrow

‘एक वर्ष भित्र आधारभूत बस्तुमा नेपाल आत्मनिर्भर बन्छ’

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
pm-new-sambodhan.jpg.jpeg
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको एक वर्ष भित्र मुलुक आधारभूत विषयमा आत्मनिर्भर बन्ने दाबी गरेका छन्। सिंहदरबार स्थित आफ्नै कार्यालयमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधारभूत खाद्यबस्तु, आधारभूत, औषधी तथा उर्जा क्षेत्रमा एकवर्षभित्र मुलुक आत्मनिर्भर बन्ने दाबी गरेका हुन्। मुलुक आधारभूत विषयमा समेत आत्मनिर्भर बन्न नसक्दा एशियाली रंगमञ्च तथा विश्वकै रंगमञ्चमा समेत उच्च रहेको स्वाभिमान माथि छिमेकी समेतले धावा बोल्न थालेको भन्दै मुलुकको स्वाभिमानको लागि आधारभूत विषयमा आत्मनिर्भर बन्नु पर्नेमा उनले जोड दिए। 
 
छिमेकीहरूसँगको सहकार्यबाट अप्टिकल फाईबर लगायतका आधुनिक प्रविधिको प्रयोग गरी विश्व मानचित्रमा नेपाललाई अझ नजिकबाट नियाल्न सकिने गरी काम अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्तरका विकासका पूर्वाधारहरूलाई पनि प्रचुर मात्रामा प्रयोग गरेर मुलुकको सर्वोपरी हितमा अघि बढ्ने दाबी पनि उनले गरे। रेल तथा सडकका विषयमा आफ्ना पूर्व सम्बोधनलाई नै दोहोर्‍याएका प्रधानमन्त्री ओलीले तराईमा हरित क्रान्ति एवं एक वर्ष भित्र तुईन मुक्त मुलुककको परिकल्पनालाई पनि साकार बनाउने दाबी गरे। पूर्व पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग तथा काठमाडौं नीजगढ लगायतका मार्गको निर्माणको लागि विशेष पहल गरिने भन्दै सडक रेल र हवाई क्षेत्रको विकास आफ्नो विशेष पहलमा पर्ने दाबी पनि गरे।  
 
पारबाहन सम्झौता मुख्य उपलब्धी
यसैवीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको क्रममा भएको पारबाहन सम्झौता सबैभन्दा महत्वपूर्ण उपलब्धी भएको दोहोर्‍याएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले चीनसँगको यो ऐतिहासिक भ्रमणले चीनसँगको व्यापारको लागि मात्रै नभएर पूरा विश्वसँगको व्यापारकोलागि बाटो तय भएको दाबी पनि उनले गरेका छन्। उनले यो सम्झौताले एक मात्रै मुलुकप्रतिको निर्भरताको अन्त्य भएको दाबी पनि गरे। 
 
निजी आवासको पुनर्निर्माण बैशाख १२ गतेबाट 
भूकम्पले क्षतिग्रस्त बनाएको निजी आवास पुनर्निर्माणको काम आगामी बैशाख १२ गतेदेखि सुरू हुने भएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले भूकम्प गएको ठीक एक वर्ष पूरा भएको उपलक्ष्यमा सरकारले निजी आवास निर्माणको काम सुरू गर्ने तयारी रहेको बताएका छन्। जेठ १५ गतेसम्म पुनर्निर्माण सामुदायिक समिति गठन गरेर पुनर्निर्माणको कामलाई उचाईमा पुर्‍याउने योजना रहेको बताउँदै केपी ओलीले प्रत्येक जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको काम प्रत्येक गाविसमा एकजना इन्जिनियर तथा दुई जना सामाजिक कार्यकर्ता परिचालन गर्ने तयारी रहेको जानकारी पनि दिए। यसरी निर्माण गरिने निजी आवासहरूमा विपन्न तथा एकल महिला लगायतका पिछडिएका क्षेत्रको घर निर्माणलाई विशशेष प्राथमिकतामा राख्ने तयारी रहेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ