- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नो करियरमा कयौ सम्झन लायक चलिचित्र दिएकी छन् । तर एक भुमिकाले भने माधुरीलाई आज पनि पछुतो लाग्छ ।
विनोद खन्नाको चलचित्रमा रोमान्टिक रोल गर्ने बारे सोचेका थिए । सो समय फिरोज खान 'दयावान' फिल्म बनाइरहेका थिए । विनोदलाई फिरोज खानले दयावानको मुख्य भुमिका निभाउन अफर गरे । साथै अभिनेत्रीको लागि खानले माधुरीलाई छानियो ।
उक्त समय माधुरीको उमेर २१ बर्षको थियो भने विनोद खन्ना ४२ बर्ष पुगेका थिए । बलिउड उद्योगमा संघर्ष गरिरहेकी माधुरीले सो समय फिल्मको लागि तयार थिइन् तर हीरोको उमेरे निकै धेरै रहेको बताउथिन् । यसैबिच फिल्मको सुटिङ शुरू भयो ।
फिल्ममा माधुरी र विनोदको केहि इन्टीमेट र लिपलक सीन थियो । सबैले सोचेका थिए कि शायद माधुरीयो सीन गर्ने छैनन् । माधुरीले सबैको अगाडि विनोदसँग सहजताका साथ सीन दिइन् । जब फिल्म रिलीज भयो तब दर्शकले सबैभन्दा ज्यादा इन्टीमेट सीनको बारेमा कुरा गरे । सो समय यस प्रकारको सीन फिल्मामा ठुलो कुरा हुन्थ्यो ।
माधुरीले एक अन्तर्वार्तामा फिल्म दयावानमा उनले जुन किस सीन गरिन् , त्यसको आज पनि उनलाई पछुतो रहेको बताइन् । उनले भनिन्,' सो समय मैले त्यसतो गर्नुहुने थिएन ।'
दयावानपछि माधुरीले आफ्नो करियरमा पुन: कुनै बोल्ड सीन दिइएकी छैनन् ।