arrow

डाटा सस्तोमा पाएपछि सीमाका नेपाली भारतीय सीम चलाउदै

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
Mobile.jpg.jpeg

दार्चुला । नेपालको टावरमा बेलाबेलामा समस्या आउने र डाटा सस्तोमा पाइने भएपछि दार्चुलामा भारतीय मोबाइल सीम प्रयोगकर्ता बढेका छन् । हिउँदमा भन्दा पनि बर्षायाममा बढी नेपालको फोन सेवा अवरुद्ध हुने गरेको छ ।

“दुई वर्ष अघिसम्म नेपालतिरको टेलिफोन सेवा प्रभावकारी थियो”, स्थानीय लोकेन्द्रसिंह धामीले भने, “नेपाली सीम भारतको पिथौरागढदेखि कालापानीसम्म बस्ने भारतीय सुरक्षाकर्मीले प्रयोग गर्थे । तर दुई वर्षको अन्तरमा ठिक उल्टो भएको छ ।”

अहिले भारतीय बजारबाट छ्याछ्याप्ती रुपमा एटीएल, बीएसएनएलका सीमहरु दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि व्यास गाउँपालिकाका स्थानीयले प्रयोग गर्न बाध्य छन् ।

भारतीय सीम नेपालको सीमभन्दा सस्तोमा डाटा चलाउन मिल्छ भने फोन र म्यासेज निःशुल्क हुनथालेपछि प्रयोग बढेको बीरसिंह महरा बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ