arrow
ADVERTISEMENT

झारखण्डको पन्ध निर्वाचन क्षेत्रमा निर्वाचन

logo
एएनआई,
प्रकाशित २०७६ मंसिर ३० सोमबार
jharkhand-state-india.jpg

राँची। भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ। कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्। निर्वाचन आयोगकाअनुसार झारखण्ड प्रान्त अन्तर्गत पर्ने देओघार, गिरीडीघ, बोकारो र धनवाद जिल्लामा मतदान भइरहेको छ। ती जिल्लाका मधुपुर, देओघार, बागोडार, जमुना, गाण्डेय, गिरिडिह, डुम्री, बोकारो, चन्डान्कीयारी, सिन्द्री, निर्सा, धनवाद, झरिया, तुन्डी र बाघमारा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको आयोगले जनाएको छ।

यस अघि झारखण्डमा तेस्रो चरणको निर्वाचन गत डिसेम्बर १२ तारिख भएको थियो।  उक्त समयमा आठ जिल्लाका १७ निर्वाचन क्षेत्रमा निर्वाचन सम्मन्न भएको थियो। त्यसैगरी दोस्रो चरणको निर्वाचन गत  ७ मा भएको थियो। पहिलो चरणको निर्वाचन नोभेम्बर ३० तारिखका दिन भएको थियो।

पाँचौ तथा अन्तिम चरणको निर्वाचन यही डिसेम्बर २० तारिखका दिनमा हुने निर्वाचन आयोगले घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ