arrow

फुटसल बन्दको सनसनी : दोस्रो दिनमै प्रतिबन्ध फुकुवा ! (के भयो, के हुँदै छ ?)

logo
चन्द्र धामी,
प्रकाशित २०७२ चैत ३० मंगलबार
FOOtSal-FNL-!.jpg.jpeg
काठमाडौं । यो वर्ष खेल र मनोरन्जन क्षेत्रमा थुप्रै चर्चित घटनाक्रमहरु घटे । त्यसमध्ये तत्काल सनसनी मच्चीएर दोस्रो दिनमै प्रतिबन्ध फुकुवा भएको घटना हो (काठमाडौंका फुटसलमा पुस ३० मा लागेको प्रतिबन्ध ) । प्रहरी र प्रशासनले  फुटसल सेन्टरमा अवाञ्छित क्रियाकलाप हुने गरेको पुनासोका आधारमा सबै फुटसल अर्को व्यवस्था नभए सम्मका लागि बन्द गर्ने निर्णय गरे लगत्तै चौतर्फी गाली र आलोचना खेप्नु पर्यो । नभन्दै चौतर्फी दबाबले प्रहरी प्रशासन प्रतिबन्ध फुकुवा गर्न बाध्य भयो भने, व्यवसायीहरु र सरोकारवालाहरुले आचारसंहिता निमार्ण गरी पालना गर्ने १५ बँुदे सहमति गरे । यद्यपि, त्यो आचारसंहिता एवं कार्यविधि अझै तयार भएको छैन । 
 
निर्देशिका पारित गर्ने जिम्मा पाएको घरेलु तथा साना उद्योग विभागका महानिर्देशक नरायण प्रसाद विडारीले वर्षान्तको दिन चैत ३० गते हाम्राकुरासंग भने, ‘निर्देशिका एवं कार्यविधि प्रतिक्रियाको लागि सरोकारवालासमक्ष पठाइएको छ, प्रतिक्रिया आएपछि संशोधनसहित पारित हुन्छ ।’ अहिले परामर्शको क्रममा छ । फुटसल सेन्टरहरु कसरी संचालन भइरहेका छन् भन्नेबारे निर्देशिका बनेपछि मात्रै नियमित अनुगमन हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताए । उनले सम्बन्धित निकायले निर्देशिका पारित गरेपछि सबै सरोकारबालाहरुको जमघट सुरु हुन्छ -भनेका छन् । 
 

फुटसल पछ्याउँदा 

 

काठमाडौंका फुटसल प्रशासनले बन्द गराउँदै

फुटसल बन्द गराउने प्रशासनको निर्णय पछि ट्विटरमा आक्रोश र ब्यंग 

फुटसल बन्दको झोंकमा युवा फन्किए, ‘मनोमानी गरे’–सबैलाई बन्द गरायौं : एसएसपी थापा

फुटसल खोल्न प्रहरी सकारात्मक

फुटसल प्रतिबन्ध फुक्यो, खोल्ने र बन्द गर्ने निश्चित समय तोकिने 

‘च्याखे नथाप्ने र दाउ नहान्ने’ शर्तमा फुटसल खुल्ला (के छ १५ बुँदेमा ?) 

काठमाडौंका फुटसल व्यवसायीलाई कानुनको परिबन्ध, कार्यविधि तयार 

काठमाडौंका फुटसल अझै कानुनी दायरामा आएनन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ