arrow
ADVERTISEMENT

यी हुन् भारतका नयाँ सेना प्रमुख

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
india-army-chief-narawane.jpg

काठमाडौं । भारतीय सेनाका नयाँ प्रधान सेनापति (सेना प्रमुख) लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवाणे हुने भएका छन् । भारतीय समाचार एजेन्सीहरुका अनुसार वर्तमान सेनाध्यक्ष जनरल विपिन रावत ३१ डिसेम्बरमा रिटायर्ड हुँदैछन् । 

त्यसपछि नरवाणेले भारतको २८ औं सेना प्रमुखका रुपमा सपथ ग्रहण गर्नेछन् । उनी गत १ सेप्टेम्बरमा भारतीय सेनाको उप–थलसेनाध्यक्षको पदभार ग्रहण गरेका थिए । 

नरवाणे आउनु अघि पाकिस्तानले उनलाई चुनौती दिन खोजेको छ । सोमबार बिहान एलओसीमा राजौरी जिल्लाको नौशेरा क्षेत्रमा युद्धविरामको उल्लंघन गरेको थियो । जसमा भारतीय एक सेनाको मृत्यु भएको थियो । भारतीय सेनाले जवाफी आक्रमण गरेको सेनाले जनाएको छ । 

भारत सरकारले आर्मी प्रमुखको नियुक्ति गर्छ । अहिलेसम्म नरवाणे नै अग्रस्थानमा भए पनि मन्त्रिपरिषद बैठकले विभिन्न विचार गरेर निर्णय लिने भएकाले यो नै भन्ने अवस्था भने छैन । सेना प्रमुखको कार्यकाल ३ वर्ष वा उमेर ६२ वर्ष हुन्जेल हुन्छ । जुन पहिले आउँछ त्यही लागु हुन्छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ