arrow
ADVERTISEMENT

इमरानको सरकार हिन्दूका लागि सबैभन्दा बढी अत्याचारी 

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
imran-khan2.jpg

काठमाडौं । पाकिस्तानमा हिन्दूहरुमाथि सबैभन्दा बढी अत्याचार हुने गरेको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार पाकिस्तानी इमरान खान नेतृत्वको सरकारले अल्पसंख्यक हिन्दूहरुमाथि अत्याचार गरिरहेको खुलेको हो। 

राष्ट्रसंघको रिपोर्ट अुनसार पाकिस्तानमा हिन्दूसमेत सबै अल्पसंख्यक समुदायका मानिसहरुको अवस्था निकै दर्दनाक छ । उनीहरुमाथि खान सरकारले निरन्तर प्रताडित गरिरहेको जनाइएको छ । 

पाकिस्तानमा धार्मिक स्वतन्त्रतालाई लिएर ४७ पानामा रिपोर्ट समेटिएको छ । इमरानको सरकारले अल्पसंख्यकको हितको रक्षा गर्नुको सट्टा कट्टरपन्थी विचारलाई बढावा दिइरहेको छ । 

धर्ममा पनि हिन्दू र ईशाई समुदायका मानिस बढी प्रताडित छन् । दुवै समुदायका महिलालाई अपहरण गरी जवरजस्ती धर्म परिवर्तन गराइने समेत रिपोर्टमा दावी गरिएको छ । 

उनीहरुलाई मुस्लिम पुरुषसंग विवाह गर्नका लागि समेत वाध्य पार्ने गरिन्छ । रिपोर्ट अनुसार बालबालिकामाथि पनि अपमान गरिन्छ । 

पाकिस्तानी, अफगानी र बंगलादेशी अल्पसंख्यक धार्मिक समुदायलाई नागरिकता दिने नागरिक संशोधन कानुनको भारतभर विरोध भइरहँदा राष्ट्रसंघको यो कहालीलाग्दो रिपोर्ट सार्वजनिक भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ