arrow

योगेश भट्टराईले कार्यकारी निर्देशक बनाएका न्यौपानेले यसरी गरे हायात होटलको सेवा

योगेशको एकपछि अर्को नियुक्ति विवादमा, पुरातत्वमा विवादित रहेकालाई नारायणहिटीमा नियुक्ति

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
prahlad-bhesh.gif

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हयात होटल संचालक दिनेशलाल श्रेष्ठहरुको प्रभावमा परी तारागाउँ विकास समितिको कार्यकारी अध्यक्षमा नेपाल प्रहरीका भगौडा असई प्रल्हाद न्यौपानेलाई नियुक्ति गरेर विवादमा परिसकेका छन् । उनै न्यौपानेले सेयरधनीको रुपमा बैठकमा सहभागी भएर ३९ प्रतिशतबाट ९ प्रतिशतमा सरकारको सेयर कायम गर्ने हयातको चाहना पूरा गरिसकेका छन् ।

तारागाउँ विकास समितिले १ सय ५० रोपनी जग्गा प्रतिरोपनी १० लाखका दरले सेयर कायम गर्नेगरी सम्झौता गरी हयात होटल निर्माण गर्नका लागि भोगाधिकार दिएको थियो । तारागाउँको सेयर ३९ प्रतिशत थियो । तर होटल निर्माणको खर्च अत्यधिक र अस्वभाविक देखाइयो । हरेक बर्ष होटल घाटामा देखाई सरकारको सेयर ९ प्रतिशतमा झार्ने काम दिनेशलाल र अरुण सर्राफले गरेका थिए ।

तारागाउँले होटल वास्तविक रुपमा घाटामा नगई नक्कली ब्यालेन्स सिट बनाएर घाटामा देखाइएकाले होटल संचालक समितिको बैठकमा नजाने निर्णय गरेको थियो । तारागाउँबाट ३ जना संचालक हुने ब्यवस्था ३९ प्रतिशत सेयर कायम गर्ने बेला भएको थियो । ३ जना नै संचालक जान पाउने भए जाने नत्र नजाने अडान यसअघि तारागाउँले राख्दै आयो । तर न्यौपाने नियुक्त भएपछि हयातको संचालक समितिको बैठकमा उपस्थित भएर होटलमा तारागाउँको अब ९ प्रतिशत मात्र सेयर रहेको कुरालाई बैधता दिएका छन् ।

तारागाउँबाट १ जनामात्र उपस्थित भएपछि अब हयातमा उसको ९ प्रतिशत मात्र सेयर कायम भएको कुरा बैध ठहरिएको छ । भोगाधिकार दिएको बाहेक हयातले गैरकानुनी रुपमा दर्ता गरेको तारागाउँको १ सय ५० रोपनी जग्गामा होटलको भवन बनाउन दिनेगरी करोडौं घुसको डिल न्यौपानेले लिने गरेको आरोप छ ।  

यसैगरी मन्त्री योगेश भट्टराईले गरेको अर्को नियुक्ति पनि विवादमा परेको छ । उनले नारायणहिटी दरबारमा रहेको संग्रहालय विकास समितिको कार्यकारी निर्देशकमा पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाललाई नियुक्त गरेका छन् । उनी बिहीबार हाजिर हुँदैछन् । पुरातत्व विभागको महानिर्देशक हुँदा दाहालले रानीपोखरी निर्माण रोक्ने काम गरेका थिए । यदि उनले रानीपोखरी निर्माण नरोकेको भए अहिलेसम्म काठमाडौं महानगरपालिको निर्माण सम्पन्न गरिसक्ने थियो । 

त्यसैगरी दाहालले पुरातत्व विभागबाट रानीपोखरीको बालगोपालेश्वर मन्दिर निर्माण गर्दा पनि चरम अनियमितता गरेको आरोप लागेको थियो । उनले २ करोड रुपैयाँ खर्च भएको नक्कली हिसाब देखाएर अनियमितता गरेका थिए । पुरातात्विक महत्वको हनुमानढोका निर्माण समेत दाहालको मोलमोलाई नमिलेका कारण ढिलाइ भएर अहिलेसम्म निर्माण पूरा हुन सकेको छैन । उनले पुरातत्व विभागबाट निर्माणका काम दिनुअघि नै सिधै ठेकेदारसँग घुस माग्ने गरेको आरोप लाग्ने गरेको थियो । दाहालले पुरातत्व विभागमा आफूनिकट र स्वार्थपूर्तिका लागि करारमा कर्मचारी भर्ति गरी नाजायज फाइदा लिने गरेका थिए । उनले आफ्नो स्वार्थपूर्तिका लागि करारका कर्मचारी लिएर विदेश घुम्न जाने गरेका थिए । 

दाहालले देशका विभिन्न भागमा ऐतिहासिक पुरातात्विक महत्वका सामग्री भएको भन्दै उत्खनन् गर्न लगाएर पनि करोडौं रुपैयाँ अनियमितता गरेका थिए । उत्खनन् गर्दा केही फेला नपरे पनि उनले खन्दै पुर्ने काम जारी राखे । त्यही भएर दाहाललाई विभागमा खपुखा(खन्ने, पुर्ने र खाने) हाकिमका रुपमा धेरैले लिने गरेका छन् । अहिले उनै खपुखालाई नारायणहिटी संग्रहालयमा  ल्याएपछि  भट्टराई पनि विवादमा तानिएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ