arrow
ADVERTISEMENT

अदालतले सुनायो मुशर्रफलाई फाँसीको सजाय

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
pervez-musharraf.jpg

काठमाडौं ।  पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई फाँसीको सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले  ‘देशद्रोह’ मुद्दामा पूर्व राष्ट्रपति मुशर्रफलाई फाँसीको सजाय सुनाएको हो ।

मुशर्रफ पूर्व सेना प्रमुख समेत रहेका थिए । पाकिस्तानको इतिहासमा पूर्व सेना प्रमुखलाई मृत्युदण्ड सुनाईएको यो पहिलो घटना हो ।

पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको नेतृत्वमा रहेको विशेष अदालतको तीन  सदस्यीय बेन्चले पूर्व सैनिक शासक परवेज मुशर्रफलाई मृत्युदण्ड सुनायो।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को सरकारले सन् २०१३ मा मुशर्रफविरूद्द उच्च देशद्रोहको मुद्दा दाखिल गरेको थियो। पूर्व सैनिक प्रमुखसमेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानूनी रूपमा निलम्बन गरी सङ्कटकाल लागू गरेको आरोप थियो।

मुशर्रफलाई सन् २०१४ को मार्च ३१ मा ‘देशद्रोह’ को अभियोग लगाई अभियोजनकर्ताहरूले सोही बर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए। तर सन् २०१६ मा उपचारका लागि मुशर्रफ दुबई गएपछि उक्त मुद्दामाथिको सुनुवाई रोकिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ