arrow

८६ प्रतिशत चिनियाँ नागरिक सरकारप्रति सन्तुष्ट

चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक सुधार– विदेशमन्त्री वाङ

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
china-anniversary-70.jpg

ब्रसेल्स । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताएका छन्  ।  सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– चीनमा मानवअधिकारको अवस्थामा व्यापक सुधार भएको छ, यो ऐतिहासिक रुपमा सुधार हो ।

युरोपियन नीति केन्द्रद्धारा सोमबार ब्रसेल्समा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री वाङ यीले मानवअधिकारको अवस्थामा गुणात्मक रुपमा नै सुधार आएको धारणा राखेका हुन् ।

आधुनिक चीनको स्थापनाको भएपछिको इतिहासलाई नै हेर्दा हाल आएर यहाँको मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार आएको धारणा उनले राखेका थिए।

उनले भनेका थिए – हामीले करिब ८५ करोड नागरिकलाई गरिबीको रेखाबाट बाहिर निकालेका छौँ र मलाई लाग्छ यो गरिबी निवारणको विश्वकै तथ्याङ्कमा कम्तीमा पनि ७० प्रतिशत योगदान हो ।

उनले चीनले आफ्ना करिब ७७ करोड नागरिकलाई रोजगारी दएको तथा २५ करोड ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाएको तथा अरु पनि सबै नागरिकलाई उनीहरुको आधारभूत आवश्यकताहरुको पूर्ति गरेको जानकारी पनि सो कार्यक्रममा दिए ।

 उनले चीनमा अहिले करिब ८५ करोड नागरिक इन्टरनेटका प्रयोगकर्ता रहेको जानकारी दिए । त्यसैगरी करिब एक अर्ब चिनियाँ नागरिकले नयाँ मिडियाको प्रयोग गरिरहेको जानकारी दिए।

उनले चीनको संविधानले प्रत्याभूत गरेको नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गरिरहेको धारणा पनि सो अवसरमा राखे।
 
पिउ रिसर्च सेन्टरले हालैमात्र गरेको एक सर्वेक्षणमा चिनियाँ नागरिक सरकारका कामकारबाहीप्रति अधिकांश सन्तुष्ट रहेको बताएका जानकारी गराए ।
 
पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणअनुसार करिब ८६ प्रतिशत चिनियाँ नागरिक सरकारका काम कारबाहीहरुप्रति सन्तुष्ट रहेको बताएका थिए ।

विश्वव्यापी रुपमा गरिने यस खालको मापनमा विश्वका बढीमा ४७ प्रतिशत मात्र नागरिक आफ्ना सरकारका काम कारबाहीप्रति सन्तुष्ट हुने गरेकोमा चिनियाँ नागरिकको यो सन्तुष्टिको तह भने धेरै माथि हो ।

स्थायित्वका लागि आग्रह
यसैगरी प्राप्त अर्को एक समाचारअनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले विश्वमा स्थायित्वका लागि युरोपेली युनियन र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
 
बेल्जियमको राजधानी ब्रसेल्समा युरोपियन नीति केन्द्रद्धारा सोमबार ब्रसेल्समा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– खुल्ला विश्वमा स्थायित्वका लागि संयुक्त प्रयास गर्नु जरुरी छ ।

आर्थिक तथा अन्य क्षेत्रहरुमा पनि विश्वमा कैयौँ अस्थिरताहरु देखिएकोले खुला विश्वको स्थायित्वका लागि संयुक्त प्रयास जरुरी छ । आगामी दिनमा विश्वमा आर्थिक एवम् अन्य स्थायित्वका लागि रणनीतिक रुपमा चीन र युरोपेली युनियनले संयुक्त रुपमा प्रयास गर्नुपर्दछ उनले भनेका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ