arrow

चिनियाँ राजदूतावासद्वारा प्रहरीलाई २३ थान मोटरसाइकल सहयोग

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
nepal-china-news-flag.jpeg

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ मोटरसाइकल सहयोग गरेको छ । चिनियाँ राजदूतावासले मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रु ५६ लाख ३२ हजार ७०० मूल्य बराबरका  मोटरसाइकल हस्तान्तरण गरेको हो ।

कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे।

कार्यक्रममा कार्यालय प्रमुख क्षेत्रीले मोटरसाइकल प्राप्तिसँगै प्रहरी परिचालनलाई थप तीव्रता दिइने बताए। उनले उपलब्ध  मोटरसाइकललाई आवश्यकतानुसार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयलाई वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा राजदूतावासका प्रथम सचिव वाङले शदियौँदेखिको नेपाल–चीनबीचको मैत्री सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै मोटरसाइकल सहयोग यसै प्रगाढ सम्बन्धको प्रतीक भएको बताए।

उक्त सहयोगले काठमाडौँ उपत्यकाका अत्यधिक जनघनत्व र भौतिक संरचनाको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ