arrow

६२ वर्षसम्म श्रीमतीको कुरा नसुन्न बहिरा बने यी व्यक्ति, भिडियोबाट खुल्यो रहस्य

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
barry_dawson.jpg

काठमाडौं । धेरै मानिसहरुले आफ्नी श्रीमतीसँग विभिन्न विषयमा झगडा परेको भन्ने कुरा सुन्नमा पाइन्छ । यस किसिमको झगडाबाट बच्न मानिसहरुले विभिन्न किसिमका उपायहरुको प्रयोग गरिरहेका हुन्छन् ।

अमेरिकाका एक व्यक्तिले भने अनौठो तरिका अपनाए। अमेरिकाका ८४ वर्षीय बेरी डावसनले आफ्नो श्रीमती डोरोथीको बोली सुन्न नपरोस् भन्नका लागि ६२ वर्षसम्म कान नसुन्ने र बोल्न नसक्ने मानिसले अभिनय गरे ।

एक समाचारको कटिङअनुसार उनको कान नसुन्ने र बोल्न नसक्ने अभिनयको कारण श्रीमतीले दुई वर्ष लगाएर सांकेतिक भाषा सिकेकी थिइन् । तर, अझै पनि श्रीमान्लाई यो भाषा आउँदैन ।

उनी सधैं घरमा हुँदा बोल्न नसक्ने र नसुन्ने अभिनय गर्थे । तर, एकदिन युट्युब भिडियो हेर्दा श्रीमतीले उनलाई एक मिटिङमा कुरा गर्दै गरेको देखेकी थिइन् । त्यसपछि उनले अभिनय गर्दै आएको कुरा खुलेको थियो ।

डावसनकी श्रीमतीले सो कुरालाई लिएर  अदालतमा गइन् । अदालतमा उनका वकिलले बहस गर्दै यदि उनले यो उपाय नअपनाएको भए उनीहरुको ६० वर्षअघि नै डिभोर्स भइसक्ने उल्लेख गरेका छन् ।

डोरोथीले अदालतसँग धोका दिएर 'भावनात्मक तनाव र बोझ' को लागि जरीवनाको माग गरेकी थिइन्।

दम्पतीका छ सन्तान र तेह्र नातिनातिनाहरू रहेका छन् । सबैलाई डावसनलाई बहिरा नै भएको मान्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ