arrow
ADVERTISEMENT

मोदीले कांग्रेसलाई दिए चुनौती 

logo
प्रकाशित २०७६ पुष २ बुधबार
narendra-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल कांग्रेसले मुस्लिममाथि भय सिर्जना गरिरहेको बताएका छन् । 

मंगलबार बरहेटमा चुनावी सभालाई संवोधन गर्दै मोदीले नागरिकता बिल र एनआरसीमाथि विपक्षी पार्टी झुठो बोलेर भ्रमित पारिरहेको बताए । 

मोदीले यदि हिम्मत भए कांग्रेसले पाकिस्तानका हर नागरिकलाई भारतको नागरिकता दिने घोषणा गरोस् भनी चुनौती दिएका छन् । 

कांग्रेसले यदि यो घोषणा गर्यो भने भारतीय जनताले यसको हिसाब गरिदिने पनि चेतावनी मोदीले दिएका छन् । 

जनसभालाई संवोधन गर्दै मोदीले भने, ‘सबै काम शान्तिपूर्वक भइरहेको छ भने विपक्षीको पेटमा मुसा दोडिन्छन् । यही डर धारा ३७० लाई लिएर पनि गरिएको थियो । त्यतिबेला पनि भन्दै थिए कि हात लगाए भने करेन्ट लाग्छ । देश टुक्रिन्छ । धारा ३७० हट्यो । कश्मीरमा शान्ति भइरहेको छ । देशले कांग्रेस र उसका साथीहरुको नकारात्मक सोचलाई हटाइदियो ।’

कांग्रेस नेताहरुले अझै पनि जनतालाई डराउन दिने र झुठो कुरा बताएर आफ्नो राजनीतिको आधार बनाइरहेको मोदीले आरोप लगाए । 

मोदीले कांग्रेसले नागरिकता संशोधन विधेयकलाई लिएर झुठो बोलिरहेको आरोप पनि लगाए । 

नागरिकता विधेयक संशोधनको विषयलाई लिएर भारतमा तनाव भइरहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ