arrow
ADVERTISEMENT

विश्वमा २७ करोड भन्दा बढी आप्रवासी, यस्तो छ आँकडा

२३३ देशको कुल जनसंख्या ७ अर्ब ७१ करोड भन्दा बढी, ५६ प्रतिशत जनसंख्या केबल पाँच देशमा

logo
प्रकाशित २०७६ पुष २ बुधबार
china-population-2017.jpeg

काठमाडौं । विश्वभर बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । १८ डिसेम्बरमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभामा ४ डिसेम्बर २००० मा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने निर्णय भएको थियो । 

विश्वमा आप्रवासीको संख्या बढ्दो संख्यामा छ । हाल २७ करोड भन्दा बढी आप्रवासी भएको अनुमान गरिन्छ । यो संख्या यदि सबै आप्रवासी एकै ठाउँमा हो भने विश्वको चौथो ठूलो स्वतन्त्र मुलुक बन्नेछ । 

पछिल्लो २० वर्षमा यसको संख्या दोब्बर भएको रिपोर्टमा उल्लेख छ । सन् २०२० का लागि जारी गरिएको आप्रवासी रिपोर्ट अनुसार प्रवासी बच्चाहरुको संख्यामा भने कमी आएको बताइएको छ । 

विश्वमा रहेका २३३ देशको कुल जनसंख्या ७ अर्ब ७१ करोड भन्दा बढी छ । यसको करिब ५६ प्रतिशत जनसंख्या केबल पाँच देशमा रहेको छ । 

सबैभन्दा बढी चीनमा १ अर्ब ४३ करोड मानिस रहन्छन् । भारतको जनसंख्या १ अर्ब ३१ करोड छ । बाँकी तीन देश अमेरिका, इन्डोनेसिया र पाकिस्तानमा छन् ।  

अमेरिकामा ३३ करोड, इन्डोनेसियामा २७ करोड र पाकिस्तानमा २२ करोड मानिस छन् । 

७४ प्रतिशत भन्दा बढी आप्रवासी कामदार छन् । यिनीहरुको उमेर २० देखि ६४ वर्ष छ । 

२० देखि ४० वर्षका आप्रवासी ६२ प्रतिशत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ