arrow

आईपिएल: डिविलियर्सको बिष्फोटक ब्याटिङले बेंगलोर बिजयी

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
AB_Kohli_Banglore.jpg.jpeg
 
काठमाडौं। एबी डिविलियर्स र विराट कोहलीको बिष्फोटक ब्याटिङले रोयल च्यालेन्जर्स बेंग्लोरले सनराईजर्स हैदरावादलई सहजै ४५ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतीमा २२७ रन बनाएको थियो। 
 
पहिले ब्याटिङ गरेको बेंग्लोरले शुरुवाती बिष्फोटक ब्याट्सम्यान क्रिश गेललाई दोस्रो ओभरमा गुमाएको थियो। त्यसपछि कोहली र डिविलियर्सले १५७ रनको साझेदारी गर्दै ठुलो योगफल तयार पारेका थिए। 
 
डिविलियर्सले ८२ रन बनाएका थिए। उनले ४२ बलमा ६ छक्का र ७ चौकाको मदतले उक्त रन बनाएका थिए। कोहलीले ७५ रन बनाउने क्रममा ५१ बल खेल्दै ३ छक्का र ७ चौका प्रहार गरेका थिए। सरफराज खानले १० बलमा ३५ रन बनाएका थिए।
 
हैदराबादकालागि पहिलो खेल खेलिरहेका बंगलादेशका मुस्तफिजुर रहमानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारेका थिए। त्यसैगरि भुवनेश्वर कुमारले पनि २ विकेट हात पारेका थिए।
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको हैदराबादले २० ओभरमा ६ विकेटको नोक्सानीमा १८२ रन बनाएको थियो।हैदरावादका डेविड वार्नरले सार्वाधिक ५८ रन बनाएका थिए। उनले २५ बलमा ५ छक्का र ४ चौकाको मदतले उक्त रन बनाएका थिए। आशिष रेड्डीले ३२ रनको योगदान गरेका थिए। बेंगलोरकालागि शेन वाट्सनले २ विकेट लिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ