arrow

जब अजयले धोका दिएपछि आत्महत्या गर्न खोजेकि रविनालाई अक्षयले लत्याए

logo
प्रकाशित २०७६ पुष २ बुधबार
ravina-akshaya.jpg

मुम्बई । बलिउड अभिनेत्री रविना टण्डनले आफु प्रेममा डुबेर आत्महत्या गर्न खोजेकि थिइन् ।  ‘तु चिज बढी है मस्तमस्त’ गर्लका रुपमा चिनिएकी रविना टण्डनले २३ वर्षअघि सो सोच आएको बताइन् ।  एक कार्यक्रममा उनले आफूले प्रेममा धोका भएपछि आत्महत्याको प्रयास गरेको खुलासा गरेकी थिइन् ।

सन् १९९४ मा अजय देवगणसँग प्रेम गरेकी उनलाई धोका भएको थियो । अजयसंग सन् १९९४ मा आएको सुपरहिट चलचित्र दिलवालेमा अभिनय गरेपछि मन पराएकी रविनालाई छाडेर अजयले करिष्मा कपुरतिर आँखा डुलाए।

त्यसपछि  रविनाले आत्महत्या रोजेकी थिइन् । त्यो समयमा रविनाले आफू ठूलो मानसिक तनावबाटसमेत गुज्रेको बताइन् । त्यसपछि उनि अक्षय कुमारसंग साइनो गाँस्न पुगिन् । तर अक्षयले पनि उनको भावनालाई क्षय गर्दै ट्विंकल खन्नासंग बिहे गरेपछि ‘मस्तमस्त’ रविनाको प्रेमजीवन ध्वस्तध्वस्त नजिक पुगेको थियो ।

सन् २००४ मा अनिल थडानीसंग बिहे गरेकी रविनाका चार सन्तान छन् । अहिलेसम्म उनीहरुको बैबाहिक जीवन सुखमय नै छ । ४४ वर्षकी रविना हेर्दा अहिले पनि मस्त नै देखिन्छिन् ।

पछि अजयले करिष्मा छोडेर काजोलसँग विवाह गरे ।  तर काजोलको नजरमा परेका अभिनेता भने अक्षयकुमार थिए। उनले ‘ये दिल्लगी’मा अक्षयसँग काम गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ