arrow

रोहित शर्माले बनाए अर्को कीर्तिमान, तेन्दुलकरभन्दा अगाडि 

logo
प्रकाशित २०७६ पुष २ बुधबार
rohit-sharma2.jpg

काठमाडौं । क्रिकेटको दुनियाँमा भारतीय खेलाडी सचिन तेन्दुलकरका नाममा धेरै कीर्तिमान छन् । तर भारतीय अर्का खेलाडी रोहित शर्माले तेन्दुलकरका केही कीर्तिमान तोड्दै गइरहेका छन् । 

उनले पछिल्लो समय वेष्ट इन्डिजविरुद्ध बुधबार भएको दोस्रो एक दिवसीयमा १५९ रन बनाएर केही कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले १३८ बलमा ५ छक्का र १७ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । 

करियरको एक दिवसीयमा २८ औं सतक बनाएका रोहितले लोकेश राहुलसंग मिलेर पहिलो विकेटका लागि २२७ रनको साझेदारी गरेका छन् । यसअघि वेष्ट इन्डिजविरुद्ध वीरेन्द्र सेहबाग र सौरव गांगुलीले १७ वर्षअघि सन् २००२ मा राजकोटमा १९६ रनको साझेदारी गरेका थिए । 

रोहित १५९ रन बनाएर १५० प्लस रन आठौं पटक बनाएर शीर्ष स्थानमा रहेका छन् । डेभिड वार्नरका नाममा ६ र सचिन तेन्दुलकरका नाममा ५ त्यस्ता १५० प्लस रन छन् । 

त्यस्तै रोहित एक क्यालेन्डर वर्षमा ७ सतक बनाउने चौथो ब्याट्सम्यान बनेका छन् । उनले सन् २०१९ मा ७ सतक बनाइसकेका छन् । 

तेन्दुलकरले १९९८ मा ९ सतक बनाएका थिए । रोहितसंगै सौरभ गांगुली र डेभिड वार्नरका पनि ७ सतक छन् । रोहितले तेस्रो एक दिवसीय वेष्ट इन्डिज विरुद्ध खेल्न बाँकी नै छ । 

रोहित एकै वर्ष सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले सन् २०१९ मा अहिलेसम्म २७ खेलमा १४२७ रन बनाएका छन् ।

रोहितले ५७.०८ को औसतमा रन जोडेका छन् । वेष्ट इन्डिजका साइ होप १२९८ रनबाट दोस्रो तथा विराट कोहली १२९२ रनसहित तेस्रो स्थानमा छन् । 
 
दोस्रो खेलमा भारत १०७ रनले विजयी भयो । भारतले ३८७ रन बनाएकामा वेष्ट इन्डिजले २८० रन बनाएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ