arrow

बार्सिलोना–रियाल मड्रिड खेलमा आठ जनालाई कार्ड 

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
messi52.jpg

काठमाडौं । स्पेनिश लिग फुटबलमा बार्सिलोना र रियाल मड्रिड बीचको  ‘एल क्लासिको’ खेल बराबरीमा सकिएको छ । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको हो । 

खेलमा दुवै टिमका गोलका प्रयास खेर गएका थिए । खेलमा बार्सिलोनाका ३ तथा रियाल मड्रिडका पाँच खेलाडीले पहेंलो कार्ड खाएका थिए । बार्सिलोनाका इभाँ राकिटिक, लुइस सुवारेज र क्लेमेन्ट लेंगलेटले कार्ड खाएका हुन् । 

रियालका लागि क्यासेमिरो, ग्यारेथ बेल, इस्को, डानि कार्भाजल र सर्जियो रामोसले कार्ड खाएका थिए । 

अंक तालिका 

यो बराबरीपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोना लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ ।

१७ औं चरणको खेल सकिँदासम्म बार्सिलोना गोल अन्तरमा रियाल मड्रिडभन्दा अगाडि छ । दुवैको ३६ अंक छ । सेभियाको ३१ र गेटाफेको ३० अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ