arrow

लिभरपुल पुग्यो क्लब विश्वकप फुटबलको फाइनलमा

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
liverpool30.jpg

काठमाडौं । इंगलिश प्रिमियर क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको दोहामा बुधबार राति भएको खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो । 

लिभरपुल २–१ गोल अन्तरले विजयी हुन सफल भयो । इन्जुरी समयमा भएको गोलबाटै लिभरपुल निर्धारित समयभित्रैको मेहनतमा फाइनलमा पुगेको हो । 

खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई बराबरीम ल्याए । 

अतिरिक्त समयमा जानुअघि नै अप्रत्याशित गोल गर्दै इन्जुरी समयमा रोबर्टो फर्मिन्होले गोल गर्दै लिभरपुललाई जिताए ।

लिभरपुलले उपाधिका लागि फाइनलमा फ्लामेंगोसंग शनिबार राति खेल्नेछ । मंगलबारको खेलमा फ्लामेंगोले अल हिलाललाई पराजित गर्दै फाइनलमा पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ