arrow

सलमानकी बहिनीसँग सम्बन्धविच्छेद गरेका पुलकित गरिरहेछन् यी अभिनेत्रीसँग डेट

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
pulkit-salman.jpg

काठमाडौं । अभिनेता पुलकित सम्राटको फिल्म 'पागलपंती' हालै रिलीज भएको छ। यस फिल्ममा उनले कृति खरबन्दसँग अभिनय गरेका छन्।  फिल्मको शुटिको क्रममा पुलकित र कृतिबीचको मित्रता बढ्यो र अहिले दुबै एक अर्कालाई डेट गर्दैछन। हालै कृतिले पुलकितसँगको प्रेम व्यक्त गर्दै पहिलो फोटो सोशल मीडियामा शेयर गरेकी छन् ।

कृति पुलकितको सम्बन्धमा सहमत भइसकेको पनि तस्विर शेयरबाट बुझ्न सकिन्छ । तस्विरमा पुलकित र कृति समुद्री तटमा पोज दिदै देखिन्छन् । पुलकितले कृतिलाई समातेका छन् र दुबैले क्यामेरामा हेरेका छन्। उनीहरूको पछाडि सूर्यास्तको अति सुन्दर दृश्य देखिन्छ।

तस्वीर शेयर गर्दै कृतिले क्याप्शन मा मुटुको चित्र बनाएकी छन्। मानिसहरूले कृतिको यस चित्रको प्रशंसा गरिरहेका छन्। यस भन्दा पहिले पुलकितले पनि कृतिको साथ एक तस्वीर पोस्ट गरेका छन्। सो तस्विरमा पुलकित कृतिलाई अंगालेमा देखिन्थे ।

पुलकितले २०१४ मा सलमान खानले मानेका बहिनी श्वेता रोहिरासँग विवाह गरेका थिए । सलमानले दुबैको विवाहमा आशिष दिएका थिए। दुबैको केही वर्षमा नै सम्बन्धविच्छेद भएको थियो । यस सम्बन्धविच्छेदसँगै सलमान खान धेरै रिसाए र यसपछि पुलकितले ठूला ब्यानर फिल्महरूमा काम पाउन छोडे । उनी फिल्महरुमा देखिन छाडे।

दुबैबीच सम्बन्ध विच्छेदको कारण पुलकित सम्राटको वैवाहिक सम्बन्धपछिको अफेयर बताइएको छ। अभिनेत्री यामी गौतमसँग उनको अफेयर धेरै चर्चा भएको थियो। यामी र पुलकितले 'सनम रे' र 'जुनुनियात' जस्ता फिल्महरूमा सँगै काम गरेका थिए। दुबै फिल्महरू बक्स अफिसमा असफल भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ