arrow

चान्सलर पदक पाएका आचार्यले पाए तीन तोला सुन, ककसले केके पाए

logo
रासस,
प्रकाशित २०७६ पुष ३ बिहिबार
dikshit.jpg

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट विभिन्न विषयमा उत्कृ स्थान हासिल गर्न सफल विद्यार्थीले पदक पाएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याएका आचार्यले दीक्षान्त समारोहको ठूलो पुरस्कार चान्सलर पदक पाएका छन् ।

चान्सलर पदक त्रिविमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रदान गरिन्छ । सो पदकमा करीब तीन तोला सुन रहेको हुन्छ । चान्सलरसहित उनले त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पनि पाएका हुन् ।

र्नले अध्ययनपछि नेपालमा नै सेवा गर्ने बताए। त्रिविको ४५औँ दीक्षान्त समारोहमा चान्सलरसहित तीन पुरस्कार पाउने विराटनगरका उमेश आचायले भविष्यमा नेपालमै सेवा गर्ने बताए ।
 
अहिले नेपाल टेलिकममा वरिष्ठ इञ्जिनीयरिङसमेत रहेका उनले भने, “अहिले पनि म सरकारी सेवामा छु, यही सेवामा रही मुलुकको सेवा गर्ने हो ।” मेहनतको फल पदक पाएपछि राष्ट्रिय भाव अझ जागृत भएको महसुस आफूलाई भएको उनले बताए ।

यसैगरी अर्का विद्यामान महतारा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा ३.८६ सिजिपिए ल्याई सर्वोकृष्ट भएका छन्  । महताराले आज खगेन्द्रमानसिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गोल स्मृति पुरस्कार पाएका छन्।

तीन पदक प्राप्त गरेका उनि अहिले नेपाल राष्ट्र बैँकमा सहायक निर्देशकको रुपमा कार्यरत रहेका उनले मुलुकमा काम गर्ने वातावरण बन्दै गएकाले यहीँ रहेर सेवा गर्ने सङ्कल्प गरेर्का हुन्।

“पहिला बाहिर जाने सोचमा थिएँ”, डोल्पा जगदुल्लाका महताराले भने, “नेपाल राष्ट्र बैंकमा नाम निकालेको र दीक्षान्तमा पनि पदक पाएकाले मुलुकमा रहेर नै सेवा गर्ने इच्छा जागेको छ ।”

यसैगरी दुई पदक प्राप्त गरेका सगीना महर्जन हुन् । रसायनशास्त्र विभागबाट एमएस्सीमा ३.९८ सिजिपीए अङ्क ल्याएकी महर्जनले अमृत पदक र पिएमसी पदक प्राप्त गरेकी छन्। अहिले चावहिलस्थित डियर वाक कलेजमा अध्यापन पेशामा आवद्ध हुनुभएका उनले आफ्नो क्षेत्रको काम अहिले प्राप्त नभएकाले विदेशमा गई विद्यावारिधि गरेर नेपालमै काम गर्ने बताए ।
 
सो अवसरमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ३१ पदक-पुरस्कार प्रदान गरिएको थियो । थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुई-दुई पुरस्कार पाउने भएका थिए । 
 
स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याएका गौतमले ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाएका छन् । शङ्करदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तह (बिबिए)मा ३.९३ सिजिपिए अङ्क ल्याएका खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक र मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२.१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसका विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाएका छन् ।

दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ