arrow

छोरासँग राज कपूरको चिसिएको सम्बन्ध, बुवाको अन्तिम संस्कारमा पनि गएनन् राजीव

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
raj-kapoor.jpeg

काठमाडौं । शो म्यानको नामले चर्चित बनेका राज कपूरको जन्म पाकिस्तानको पेशावरमा सन् १९२४ डिसेम्बर १४ मा भएको थियो । सन् १९८८ जुन २ मा उनको निधन भएको थियो । उनको कान्छा छोरा राजीव कपूरसँगको सम्बन्ध राम्रो थिएन ।
 
मधु जैनको किताब ‘द कपूर्स’का अनुसार राज कपूरले आफ्ना सबैभन्दा कान्छा छोरा राजीव कपूरलाई ‘राम तेरी गंगा मैली’ फिल्मबाट सिनेक्षेत्रमा ल्याएका थिए । यो फिल्म निकै चर्चित बनेको थियो तर त्यसको कारण राजीव कपूर भन्दा पनि झर्नामुनि नुहाइरहेकी नायिका थिइन् ।

यो फिल्म चर्चित हुँदै गर्दा फिल्मका हिरो राजीव कपूरको आफ्ना बुवासँगको सम्बन्ध भने चिसिएको थियो । यो फिल्म हिट भएपछि राजीव कपूरलाई भने खासै फाइदा भएन । बरु फिल्मकी नायिका मन्दाकिनी रातारात स्टार बनिन् । राजीव कपूर यसका लागि राज कपूर जिम्मेवार रहेको मान्थे ।

राजीव कपूर आफ्ना बुवा राज कपूरले अर्को एक फिल्म बनाउन् र त्यसमा आफूलाई हिरोको रुपमा प्रस्तुत गरेर आफूलार्य स्टार बन्न सहयोग गरुन् भन्ने चाहन्थे ।
राजीव कपूरले त्यस्तो चाहना गरे पनि राज कपूरले उनको चाहना पूरा गरेनन् । त्यसपछि उनले राजीवलाई एक सहयोगीको भूमिकामा राखिदिए ।

राजीव कपूर भने आफूलाई लिएर अर्को फिल्म नबनाएकोमा निकै चिढिएका थिए । उनी यति धेरै रिसाएका थिए कि आफ्ना बुवाको अन्तिम संस्कारमा पनि उनी गएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ