arrow

आईपीएल इतिहासमा कमिन्स सबैभन्दा महंगा विदेशी, कसको भाउ कति ? 

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
ipl1.jpg

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको १३ औं संस्करणको अक्सन भएको छ । बिहीबार भएको अक्सनमा अष्ट्रेलियन खेलाडी पाट कमिन्स सर्वाधिक महँगो विदेशी खेलाडी बन्न सफल भएका छन् । 

कमिन्सलाई कोलकाता नाइट राइडर्सले आईपीएल इतिहासमै सबैभन्दा महंगो रकम दिएर खरिद गरेको हो । कमिन्स १५.५० करोड भारुमा अनुवन्धित भएका हुन् । 

कमिन्स त्यस्ता ७ खेलाडीहरुको सूचीमा थिए जसको बेस प्राइस २ करोड भारु थियो । तर लिलाम बढाबढमा उनको मुल्य १७ गुणा बढी भएको हो । 

आईपीएलको इतिहासमा सबैभन्दा महंगा खेलाडी भारतीय युवराज सिंह हुन् । उनको मुल्य १६ करोड भारु थियो । कमिन्स भन्दा अगाडि राजस्थान रोयल्सले इंगलिश खेलाडी बेन स्टोक्सलाई १४.५ करोडमा किनेको थियो । 

को कतिमा बिक्री भए ? 

पाट कमिन्स – कोलकाता – १५.५ करोड भारु 
ग्लेन म्याक्सवेल – किङ्स इलाभेन पन्जाब – १०.७५ 
क्रिस मोरिस – रोयल च्यालेन्जर्स बैंगलोर – १० 
शेल्डन काटरेल – पन्जाब – ८.५
नाथन कुल्टर नाइल – मुम्बई इन्डियन्स – ८
पियुस चावला – चन्नाई – ६.७५
साम करण – चेन्नाई –५.५०
इयान मोर्गान – कोलकाता – ५.२५  
आरोन फिन्च – बैंगलोर – ४.४  
भरुण चक्रवती – कोलकाता – ४ 
केन रिचार्डसन – बैंगलोर – ४
रोबिन उथप्पा – राजस्थान – ३ 
जयदेभ उनाकड – राजस्थान –३ 
याहस्भी जैसवाल – राजस्थान – २.४ 
एलेक्स कोरी – दिल्ली – २.४ 
मार्कस स्टोइनिस – दिल्ली – २ 
डेल स्टेन – बैंगलोर – २ 
क्रिस लिन – मुम्बई – २ 
विराट सिंह – सनराइजर्स हैदरावाद – १.९
प्रियम गार्ग – हैदरावाद –  १.९ 
जासन रोय – दिल्ली – १.५ 
क्रिस वोक्स – दिल्ली क्यापिटल – १.५ 
एन्ड्रयु टी – राजस्थान – १ 
टम करण – राजस्थान १ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ