arrow
ADVERTISEMENT

झारखण्डमा मतदान जारी, १६ सिटमा २३६ उम्मेदवार

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
EMMUoa-UwAEGKK3.jpg

काठमाडौं । भारतको झारखण्ड विधानसभाको पाचौं तथा अन्तिम चरणको चुनावमा १६ सिटका लागि मतदान जारी छ ।

यो चरणमा पूर्व मुख्यमन्त्री हेमन्त सोरेन, समाज कल्याण मन्त्री लुइस मरान्डी र कृषि मन्त्री रणधीर सिंहसमेत गरी २३६ उम्मेदवार मैदानमा छन् । 

४० लाख ५ हजार मतदाता रहेको उक्त क्षेत्रमा मतदान जारी रहेको छ । यी सिटमा अनुसूचित जनजातिका लागि ७ सिट सुरक्षित छन् बाँकी सामान्य श्रेणीका हुन् । 

सन् २०१४ को विधानसभा चुनावमा यी १६ सिटमध्ये ६ सिटमा झामुमो, ६ मा भाजपा, ३ मा कांग्रेस र १ सिट जेवीएमले कब्जामा लिएको थियो । 

१३ सिटमा अहिले भाजपाको प्रत्यक्ष भिडन्त छ भने बाँकी ३ सिटमा त्रिकोणात्मक संघर्ष चलिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ