arrow

ए डिभिजन लिगमा दोस्रो चरणका खेलः यस्तो छ अहिलेसम्मको समीकरण 

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
ANFA-football.jpeg

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबारदेखि दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् । 

पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लब दिउँसो ३ बजे दशरथ रंगशालामा भिड्ने छन् ।

पहिलो चरणमा च्यासल र मछिन्द्र विजयी भएका थिए । पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई र च्यासलले संकटालाई हराएको थियो ।

यता, फ्रेन्ड्स भने त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो । 

अंक तालिका र समीकरण
पहिलो चरणका खेलमा पाँच खेलमा जित हारको टुंगो भएको थियो भने दुई खेल बराबरीमा सकिएका थिए । न्युरोड टिम एनआरटी, मच्छिन्द्र, च्यासल, मनाङ मस्र्याङ्दी र आर्मी विजयी हुँदा सशस्त्र, संकटा, फ्रेन्ड्स, ब्रिगेड र सरस्वती युथ क्लबले हार व्यहोरेका थिए । 

नेपाल पुलिस, हिमालयन शेर्पा, थ्रीस्टार र जावलाखेलले गोलरहित बराबरी खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ