arrow

करीनाले थुकिन् अक्षयको अनुहार, नङमा आमाले हाल्थिन् खुर्सानीको धुलो

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
Kareena-Akshay-Kumar-Wife.jpg

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूले अक्षय कुमारको अनुहारमा पटकपटक थुकेकी छन् । फिल्म 'गुड न्यूज' को सुटिङका क्रममा करीनाले अक्षयलाई थुकेकी हुन् ।

 अक्षय कुमार, करीना कपूर, दिलजीत दोसांझ र कियारा आडवाणीको आगामी फिल्म 'गुड न्यूज' को व्यापक प्रचार भइरहेको छ । गुड न्यूजको टीम फिल्मको प्रमोट गर्न 'द कपिल शर्मा शो' को १०० औं एपिसोडमा पुगेको थियो। शोमा अक्षय कुमारलगायत सम्पूर्ण कास्टले धेरै रमाईलो गरे । साथै धेरै कथाहरूको बारेमा पनि खुलासा गरे ।

'द कपिल शर्मा शो' मा अक्षय कुमारले फिल्म 'गुड न्यूज' को सुटिंगको क्रममा एउटा हास्यास्पद काहानी सुनाए।  कपिल अक्षयबाट जान्न चाहन्थे कि 'गुड न्यूज' को सुटिंगको क्रममा करीनाले यति धेरै थुकिन् ? कि उनले बारम्बार आफ्नो मेकअप ठीक गर्नुपर्‍यो।

सुटिङका क्रममा करीनाले उनलाई कसरी धेरै पटक थुकिन् कपिलको कुरा सुनेपछि अक्षयले बताए । अक्षयले भने, 'हो, यो सत्य हो। करीनाले एउटा दृश्य गरिरहेकी थिइनन् जसमा उनले बच्चालाई डेलिभरी गर्ने क्रममा बाहिर धकेल्नु थियो । उनी ठूलो स्वरले कराउँदै थिई। तर उनले यो महसुस गरिन्न् की उनले ममाथि पटक पटक थुकि रहेकी थिइन् । '

अक्षय कुमार बाहेक, करीना कपूरले पनि उनको बानीको खुलासा गर्दै यसो भनिन्, 'मलाई याद छ मेरी आमाले मेरो नङमा खुर्सानीको धुलो लगाइदिनुहुन्थ्यो ताकि म मेरो नङ नचुसु । तर यो त्यस्तो बानी हो , जसलाई म त्याग्न सक्दिन।'

करीना र अक्षय कुमार बाहेक, कियारा आडवाणीले पनि उनको वास्तविक नामको खुलासा गर्छिन्। कियाराले उनको वास्तविक नाम आलिया भएको बताइन् । तर उनले आफ्नो नाम कियारा राखिन्।

फिल्मको बाँकी कास्टले जस्तै दिलजित दोसांझले पनि एक किस्सा शेयर गरे। कपिलले दिलजितजीत दोसांझलाई सोही फिल्मको ट्रेलर सार्वजनीकमा सोधे - के करण जोहरलाई प्रभावित पार्न ८० हजार रुपैयाँको जुत्ता लगाएको। कपिल शर्माको प्रश्नको बारेमा दलजीतले भने, 'यो सत्य हो। मैले फेन्सी जुत्ता लगाएको थिए तर करणलाई प्रभावित पार्न होइन ।'

अक्षयले हालै शोबाट आफ्नी पत्नीको लागि उपहार लिएर घर पुगेका थिए । यो उपहारहरू अरु केही नभएर प्याजको एयररिंग हो। जसलाई श्रीमती ट्विंकल खन्नाले निकै मन पराएकी छन्। प्याजको एयरिंग भने करीना कपूरलाई दिइएको थियो तर उनले एयरिंगमा खासै चासो नदेखाएपछि अक्षयले आफ्नी पत्नीका लागि सो एयरिंग ल्याएर दिए ।

ट्विंकलले इन्स्टाग्राममा उपहार प्राप्त भएकोमा खुशी व्यक्त गर्दै लेखेकी छन् , "मेरो जीवनसाथीले  कपिल शर्मामा फर्फम गरेर फर्किएपछि मलाई यो देखाउदै भने , उनीहरुले यसलाई करीनालाई देखाउँदै थिए तर मलाई लाग्छ कि उनी यसबाट इन्प्रेस भइनन्  त्यसैले यो  गिफ्ट तिम्रो लागि ल्याए, मलाई थाहा छ तिमिलाई यो मनपर्नेछ, कहिलेकाँही एक सानो र सामान्य चीजले तपाईंको मन छुन्छ , प्याजको एयररिंग सर्वश्रेष्ठ पुरस्कार।'

चलचित्र रिलिज हुनुपूर्व  'सौदा खरा खरा' गीतले धमाका मचाइसकेको छ ।   अक्षय कुमारले गुड न्यूजको गीत 'सौदा खरा खारा' मा नागिन नृत्य प्रस्तुत गरेका छन्।  'सौदा खरा खरा' गीतमा नागिन नाच्न एक भिडियो क्लिप हेरेपछि अक्षयले यस्तो आएको बताएका छन् ।

अक्षय कुमारले भने, 'म एउटा विवाहको भिडियो हेरिरहेको थिएँ, जसमा एउटा मान्छे दुलहीको सामुन्ने घोडामा नागिन नाच्दै बसिरहेका थिए । उनी र मबीचको भिन्नता यो हो कि उनी पिएर नाच्दै थिए भने मैले पिइन। भिडियोमा मैले देखें कि उनले एक मान्छेको घोडीमा बसेर एक रुपैयाँ खोसिरहेका थिए । मसँग त्यो भिडियो अझै छ। त्यो हेरेपछि मलाई लाग्यो कि मैले 'सौदा खरा खरा' गीतमा त्यस्तै केही गर्नुपर्नेछ।'

फिल्मको कथा आईवीएफ टेक्नोलोजीको अवधारणामा छ। करण जोहरको धर्मा प्रोडक्शन्सको ब्यानरमा निर्मित यस फिल्मको निर्देशन राज मेहताले गरेका छन्। भर्खरै रिलीज भएको यस फिल्मको ट्रेलर दर्शकहरूले धेरै मन पराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ