arrow

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का महशुस

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
earthquake2.jpg

काबुल, अफगानिस्तान । अफगानिस्तानमा शुक्रबार अपरान्ह् ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले शुक्रबार जनाएको छ ।

भूकम्पको धक्का दक्षिण एशियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान र भारतमा महशुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दू अफगानिस्तानको उत्तरी राज्य बदखासनको जुर्मबाट ५१ किलोमिटर दक्षिणपश्चिममा २०० किलोमिटरको गहिराईमा रहेको विभागले जनाएको छ ।

स्थानीय समय अनुसार साँझ ५:१५ बजे अफगानिस्तानको राजधानी काबुल, पाकिस्तानको इस्लामावाद, भारतको नयाँ दिल्लीलगायतका स्थानमा भूकम्पको धक्का केही सेकेण्ड गएको थियो ।

भूकम्पपछि ठूला भवनहरूमा काममा व्यस्त स्थानीयहरूबीच भागदौड भएको थियो । भूकम्पबाट कुनै क्षति भएका सूचना समाचार तयार पार्दासम्म प्राप्त भैसकेका छैनन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ