काठमाडौं । पढाईको खर्च निकाल्नलाई एक गरीब बालकले घर- घरमा गएर समान बेच्ने गर्थे । एक दिन उनको एउटै समान पनि बिकेन ।
साँझ परिसकेको थियो अनि उनलाई जोडले भोक पनि लागेको थियो। उनीसँग पैसा थिएन । उनले सोचे अब अर्को घरमा खाना माग्ने छु । ढोका ढकढकाए भित्रबाट एउटी बालिका निस्किन् । उनले अफ्ट्यारो माने अनि खानाको सट्टामा एक गिलास पानी मागे।
बालिकालाई उनको अनुहार देख्नेर भोकाएको छ भनेर थाहा पाइन् । उनले एउटा ठूलो गिलासमा दूध लिएर आईन् अनि दूध दिदै भनिन् 'यो खाऊ'। बालकले सोधे, 'यसको कति पैसा दिन पर्छ?'
बालिकाले भनिन्, 'कसैको भलाई गर्दा पैसा लिइँदैन ।' बालिकालाई धन्यवाद दिएर ती बालक गए।
धेरै बर्ष बित्यो । एक दिन ती युवती भइसकेकी बालिका बिमारी भइन् अनि उनलाई शहरका एउटा ठूलो अस्पतालमा लगेर भर्ना गरियो , तर उनको स्वास्थ्य अझ बिग्रँदै गयो।
प्रसिद्ध डा हावर्ड केलीलाई बोलाइयो । जब डा केली बीरामीलाई हेर्न गए, तब त्यो युवतीलाई चिने अनि कुनै प्रकारले पनि ती युवतीलाई बँचाउछु भनेर अठोट लिए ।
अपरेशन पछि उसको स्वास्थमा सुधार हुँदै गयो । केहि दिनमा पूरा स्वस्थ भएपछि डिस्चार्जको समय उनको हातमा बील दिइयो । युवती आत्तिइन् अब अस्पतालको यति धेरै बील म कसर तिर्नु! उनले बील खोलेर पढ़न थालिन्, बीलको कुनामा एक नोट लेखिएको थियो ।
लेखिएको थियो, 'यो वीलको भुक्तानी एक गिलास दूधद्वारा भइसकेको छ।' तल डा केलीको हस्ताक्षर थियो, जसलाई उनले बर्षौ पहिले एक गिलास दूध दिएकी थिईन्।