arrow

पुर्व खेलाडी प्रशिक्षकका रुपमा आर्सनल भित्रिए

logo
प्रकाशित २०७६ पुष ५ शनिबार
Arteta-Arsenal.jpg

एजेन्सी। ईङ्लिस फुटबल क्लब आर्सनलले आफ्नो पुर्व खेलाडी मिकेल अर्टेटालाई आफ्नो मुख्य प्रशिक्षक बनाएको छ। ३७ बर्षिय आर्टेटाले ३ बर्ष ६ महिनाको सम्झौता गरेका छन्।

म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक अर्टेटा प्रशिक्षकका रुपमा आर्सनल आउँदा क्लबको पुरानो  साख कयम राख्ने विश्वास गरिएको छ। आर्सनलले यसअघिका प्रशिक्षक युनाइ ईम्रेलाई बर्खास्त गरेको थियो।

अर्टेटाले आर्सनलबाट २०११-२०१६सम्म खेलेका थिए। उनले आरस्नलबाट ऐफए कप र कम्युनिटी शिल्ड जितेका थिए।  

आर्सनलका २०औं प्रशिक्षक अर्टेटाले आर्सनलको गतीलाई लय दिनुका साथै क्लबको विश्व फुटबलमा स्थिती पनि दह्रो बनाउने छन् भन्ने आश गरिएको छ। पिएसजी, रियाल सोसिडाड, एभर्टन र आर्सनलबाट खेलेको अनुभव एवं सिटीको सहायक प्रशिक्षकको अनुभव उनले आर्सनलमा ल्याउने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ