arrow

स्टार्टअप एण्ड इन्नोभेसन मेलामा अवलोकनकर्ताको आकर्षण, रोबोटको फुटवलदेखि सेटेलाइटसम्म 

logo
प्रकाशित २०७६ पुष ५ शनिबार
startup-mela-2.jpg

काठमाडौं। लिभिङ विथ आइसिटीले आयोजना गरेको फ्युजमेशिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शुक्रवारबाट सुरु भएको छ। मेला शनिवारसम्म सञ्चालन हुनेछ। थापागाँउ स्थित प्रेसिडेन्टियल स्कुलमा आयोजना भइरहेको कार्यक्रममा ५० भन्दा बढि स्टार्टअप तथा कलेजका विद्यार्थीहरुका प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको छ। 

शुक्रवार मोबाइलबाट पानसमा बत्ति बालेर कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले उद्घाटन गरेका थिए। सरकार डिजिटल नेपालको अभियानमा हिडिरहेको र यस प्रकारका कार्यक्रमले उदेश्य पुरा गर्न सहयोग गर्ने बताए।

सूचना प्रविधि मन्त्रालयका सह सचिव बिरेन्द्र मिश्र क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल र प्रोफेसर डा. सुवर्ण शाक्यले उद्यमशिलता र सरकारको डिजिटल नेपालको अभियानको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक राजन लम्सालले भने “हामीले पुर्वको पाँचथर देखि पश्चिम रोल्पा सम्म पुगरे आइटीका कार्यक्रम गरेका छौ, स्टार्टअप, उद्यमिलाई प्रवद्धन गर्दै डिजिटल नेपालको अभियानलाई सहयोग पुर्याउनको लागि कार्यक्रम गरेका हौ।”

प्रविधिको यो मेलामा स्टार्टअप कम्पनीका नयाँ प्रडक्टहरु, विद्यार्थिले बनाएका इन्नोभेटिभ प्रोजेक्ट, रोबोटहरुको फुटवल प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपालीका नयाँ इन्नोभेसनहरु विशेष आकर्षण रहेका छन। यसैगरी शुक्रवार एआई र क्लाउड प्रविधि विषयमा वर्कशप सञ्चालन भएको थियो। आज शनिवार ब्लकचेन, आइओटी र पाइथनमा वर्कशप सञ्चालन हुनेछ भने स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुनेछ।

यस मेलाको शिर्ष प्रायोजन फ्युज मेसिन्सले गरेको छ। कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणको विशेष सहयोग रहेको छ। आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेलामा ६ हजारवढिले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। शुक्रवार मात्रै ४ हजारबढिले प्रदर्शनी अवलोकन गरेको आयोजकले जानकारी दिएको छ। प्रदर्शनी अवलोकन सबैलाई निःशुल्क गरिएको छ।

लिभिङ विथ आइसिटीले यस अघि नै बैशाख र जेठमा बिराटनगर, बुटवल र नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गरिसकेको छ भने विगत ४ वर्षदेखि आइसिटी अवार्ड आयोजना गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ