arrow

च्याम्पियन्स लीग: रोनाल्डोको ह्याट्रिकले रियाल सेमीफाईनलमा

पिएसजीलाई हराउँदै सीटी पनि सेमीफाईनलमा

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
Ronaldo_Champions_League.jpg.jpeg
काठमाडौं। क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकका मदतले रियाल मड्डरिडले उल्फ्सवर्गलाई ३-०ले पराजित गर्दै च्याम्पियन्स लीगको सेमीफाईनल यात्रा तय गरेको छ। समग्रमा ३-२ स्कोर गरेर रियाल सेमीफाईनल प्रवेश गरेको हो। 
 
क्वार्टरफाईनलको पहिलो चरणमा उल्फ्सवर्गले रियाललाई २-० गोलले पराजित गरेको थियो। च्याम्पियन्स लीगमा कायम रहिरहन कमतिमा रियाललाई ३-० गोलको आवश्यक्ता रहेकोमा स्टार खेलाडी रोनाल्डोले ह्याट्रिक गरेका थिए। 
 
१६औं मिनेटमा रोनाल्डोले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उल्फ्सवर्गका खेलडीको खुट्टाबाट डिफलेक्ट भएर आएको बलमा उनले गोल गरेका थिए। १ मिनेट पछि १७औं मिनेटमा कर्नरबाट आऐको बलमा हेड गर्दै दोस्रो गोल गरकेा थिए। 
 
पहिलो हाफ  संकिदासम्म २-०को अग्रता लिएको रियालले  ७७औ मिनेटमा अर्को गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए। फ्रि-किकमा सिधा गोल गरेका थिए। उनको फ्रिकिक दर्शनिय थियो उक्त बल रोक्न उल्फ्सवर्गका खेलाडी पुर्ण रुपमा चुकेका थिए। 
 
रियालकालागि उल्फ्सवर्गलाई जित्नै पर्ने दवावका बिच स्टार खेलाडी रोनाल्डोले आफु स्टार हुनको कारण पुन: पुष्टी गरेका थिए। पहिलो लेगमा २-०को पराजयले आलोचित बनेको रियालको साख जोगाउन पनि यो जीत आवश्यक थियो। यो सिजन बुण्डेसलीगाको ८औं स्थानमा रहेको उल्फ्सवर्गसको पराजय रियाल फ्यानकालागि अविश्सनिय नै रहेको थियो। 
 
रियालले अब लय समातेको छ र च्याम्पियन्स लीगको उपाधी जितेर आफ्ना प्रशंसकहरुलाई खुशी पार्ने विश?वास लिएका उसका प्रशंसकहरु विश्वभर रहेका छन्। ला-लीगामा तेस्रो स्थानमा रहेको रियालकालागि यो फर्म आवश्यक रहेको छ। 
 
म्यानचेस्टर सीटी पनि सेमीफाईनलमा
पिएसजीलाई १-० गोलले पराजित गर्दै म्यानचेष्टर सीटी पनि च्याम्पियन्स लीगको सेमीफाईनल प्रवेश गरेको छ। रियालसँगै सीटी सेमीफाईनले प्रवेश गर्ने दोस्रो टोली हो। 
 
पहिलो क्वार्टरफाईनल लेगमा २-२ बराबरी खेलेको सिटी र पिएसजीलाई ७६औं मिनेटमा केविन डे ब्रुनेले गोल गर्दै १-० गोलको अग्रता उिलाएका थिए। खेल सकिंदासम्म त्यही १ गोल नै निर्णायक हुन पुग्यो र सिटीले अगाडीको यात्रा तय गरेको हो।
 
खेलको ३०औ मिनेटमा सर्जिओ अग्वेरोले पाएको पेनाल्टी मिस गर्दा खेल जता पनि जान सक्ने देखिएको थियो। सीटीलाई बाग्यले साथ दिएन जस्ता चर्चाहरु सामाजिक संजालमा चल्न थालिसकेका थिए तर ७२औ मिनेटमा बर्ुने हिरो बनेर देखिए। 
 
बार्सिलोना, एथलेटिको मड्रिड, बेनफिका र बायर्न म्युनिख मध्य दुई टोलीले सेमीफाईनलको यात्रा तय गर्ने छन्। बार्सिलोनाले एथलेटिकोको सामना गर्दै छ भने बायर्न म्युनिखले बेनफिकाको सामना गर्दैछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ