arrow

कान्छिमाया र नरेन्द्रले जिते काठमाण्डौ म्याराथन

logo
प्रकाशित २०७६ पुष ५ शनिबार
marathon-2019-winner.jpg

काठमाडौं।  १३ औं काठमण्डौ म्याराथनको उपाधी पुरुष तर्फ सेनाका नरेन्द्र सिंह रावत र महिला तर्फ एपिएफकी कान्छिमाया कोजुले हात पारेका छन् । उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५० हजार प्राप्त गरे ।

म्याराथनमा नयाँ नाम लेखउँदै नरेन्द्रले ४२.१९५ कि.मि.को दुरी २ घन्टा ३३ मिनट १० सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । उनले सेनाकै बेदबहादुर सुनुवारलाई पछि पार्दै जित निकालेका हुन् । बेदबहादुरले २ घन्टा ३४ मिनट २० सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका सेनाकै ज्ञान प्रसाद भट्टराईले २ घन्टा ३४ मिनट ४५ सेकेन्डमा दुरी पुरा गरे ।

महिला तर्फ कोजुले २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दुरी पार गरिन् । कोजुको यो लगातार तेश्रो उपाधी हो । दोश्रो स्थानमा रहेकी सेनाकी सरिता बासीले ३ घन्टा १९ मिनट ०७ सेकेन्ड र तेश्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ मिनट ४७ मिनट ४५ सेकेन्डमा दुरी पुरा गरे ।

बिजयी शिर्ष तीन खेलाडीहरुले मेडल, प्रमाण पत्र र नगद ५० हजार, २० हजार र १५ हजार प्राप्त गरे ।

प्रो स्पोर्टस्को आयोजनामा भएको प्रतियोगिताको हाफ म्यारथनमा पुरुष तर्फ सेनाका राजन रोकायाले १ घन्टा १० मिनट २६ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा हरी रिमालले १ घन्टा ११ मिनट १३ सेकेन्डमा र तेश्रो स्थानमा रहेका सेनाकै रामजी बस्नेतले १ घन्टा ११ मिनट २१ सेकेन्डमा दुरी पुरा गरे ।

महिला तर्फको हाफ म्याराथन सेनाकी पूर्ण लक्ष्मी न्यौपानेले जितिन् । उनले निर्धारित दुरी पुरा गर्न १ घन्टा २८ मिनट ०३ सेकेन्ड लगाईन् । सेनाकै सानु माया कार्कीले १ घन्टा ३० मिनट ०१ सेकेन्डका साथ दोश्रो र पुलिसकी रेखा बिष्टले १ घन्टा ३१ मिनट ३४ सेकेन्डका साथ तेश्रो स्थान प्राप्त गरे ।

बिजयी शिर्ष तीन खेलाडीहरुले २० हजार, १३ हजार र ७ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।

५ किलो मिटर खुला तर्फ पुरुषमा एपिएफका अजित कुमार यादवले निर्धारित दुरी १७ मिनट १९.७१ सेकेन्डमा पुरा गर्दै जित हात पारे । सेनाका गजेन्द्र राईले उक्त दुरी १७ मिनट ३०.६३ सेकेन्डमा पुरा गर्दै दोश्रो र शिब रायले १७ मिनट ५३.२२ सेकेन्डमा पुरा गर्दै तेश्रो भए । महिला तर्फ सेनाकी सरस्वती भट्टराईले बाजी मारिन् । उनले निर्धारित दुरी २२ मिनिट ०३.४१ सेकेन्डमा पुरा गरिन् । यस्तै दोश्रो स्थानमा रहेकी पुलिसकी बिर्सना कुमालले २३ मिनट ०९.३० सेकेन्ड र तेश्रो स्थानमा रहेकी पुलिसकै काजल बिष्टले २३ मिनट ३१.१० सेकेन्डमा पुरा गरे ।

बिजयी शिर्ष तीन खेलाडीहरुले १० हजार ६ हजार र ४ हजार सहिति मेडल र प्रमाण पत्र प्राप्त गरे ।

५ किलोमिटर मास्टरमा धर्म महर्जनले स्वर्ण हात पार्दा भिम बहादुर गुरुङ्गले रजत र कपिल भट्टराईले कास्य पाए । महिला तर्फ अनु चित्रकारले स्वर्ण पाईन् । बिजयी खेलाडीहरुले १० हजार ६ हजार र ४ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

५ कि.मि. छात्र तर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुलका समिर रसाईलीले स्वर्ण, नेपालय एजुकेसन फाउन्डेशनका अमृत बोटले रजत र एभरेष्ट बोर्डिङ्गका नारायन कुमार कसवाले कास्य पाए । छात्रा तर्फ विजेशवरी ज्ञान मन्दिरका खेलाडीहरुले तीनै स्थान कब्जा गरे । सुलोचना बलामीले स्वर्ण, रचना रानामगरले रजत र सुनिता श्रेष्ठले कास्य पाए । उनीहरुले ५ हजार ३ हजार र २ हजार प्राप्त गरे ।

ह्विल चेयरको तीन कि.मि. दौडमा पुरुष तर्फ कृष्ण राज चौधरी प्रथम, सन्देश चौधरी द्वितीय र नरबहादुर दाहाल तृतिय भए । यस्तै महिला तर्फ यामी झाक्री प्रथम, सर्मिला थोकर द्वितीय र ज्योती अर्याल तृतिय भए । उनीहरुले नगद ५ हजार, तीन हजार  र दुई हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गरे ।

यस्तै फेमिली रन तर्फ ३ कि.मि.को दौडमा पहिलो स्थानमा अवस्ती कार्की, भगवान कार्की र अप्सरा महतले पहिलो स्थान प्राप्त गरे । दोश्रो स्थानमा प्राप्तीआचार्य र चादनी कार्की तथा तेश्रो स्थानमा लेगिना घिमिरे र सुश्मिता तिमलस्निाले हात पारे ।

बिजयी खेलाडीहरुलाई प्रदेश नं. ३ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव शिव कुमार वाग्ले, पूर्व सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, ओलम्पियन बैकुण्ठ मानन्धर, क्याथी ड्रागनका अभित श्रेष्ठ, डाईनिङ्ग पार्कका आभाष पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ