arrow

इराकमा जारी आन्दोलनमा चार सय ८५ जना मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष ५ शनिबार
iraq-protest.jpg

बग्दाद। इराकमा अहिले भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ। गत अक्टोबरको शुरुदेखि भइरहेको आन्दोलनका क्रममा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन्।

‘ह्युम्यान राईट्स वाचडग’ले शुक्रबार दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएका झडप भागदौड आदीका कारण उनीहरुको मृत्यु भएको हो। इराकी मानवअधिकार सम्वन्धी स्वतन्त्र उच्च आयोगका सदस्य अलि अल बैयातीले यो विवरणको पुष्टि गरेका हुन्। आन्दोलनका क्रममा भएका प्रदर्शनहरुमा २ हजार ८०७  पक्राउ परेका  ती मध्ये अझै पनि १ सय ७ जना हिरासतमा रहेका  बैयातीले बताएका छन्।

अपरिचित बन्दुकधारीहरुले आमनागरिक र आन्दोलनकारी गरी कुल ४८ जनालाई अपहरण गरेका उहाँले थप जानकारी दिए। इराकमा हत्या र अपहरण जस्ता घटना पछिल्लो समयमा बढ्दै गएको पाइएको छ। सरकार तथा भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भएकाहरु, नागरिक अगुवाहरुलाई अपहरण गर्ने गरेको पाइएको उच्च आयोगका सदस्य बैयातीको भनाई छ।

आयोगले बग्दाद र अन्य सहरहरुमा हत्या तथा अपहरणका घटना बढ्दै जानसक्ने भन्दै नागरिक अगुवा, आन्दोलनकारी र सर्वसाधारणलाई सचेतसमेत गराएको छ। आयोगका अधिकारीहरुले सुरक्षा सतर्कका बढाउनु पर्ने खाँचो औल्याउदै निशस्त्र नागरिक तथा आन्दोलनकारी र अगुवाहरुको सुरक्षाको सुनिश्चितता गर्न पनि सरकार सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन्।
  
सरकारको पुनर्गठनलगायत भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना, आर्थिक बृद्धि, सार्वजनिक सेवामा सुधार लगायतका माग राख्दै इराकमा आन्दोलन जारी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ